देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा रहेको चुलाचुली आधारभुत अस्पताल मा एक दिने नि-शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नोवेल मेडिकल कलेज बिराटनगर तथा काठमाण्डौ मेडिकल कलेज काठमाण्डौ को प्राविधिक सहयोग र चुलाचुली गाउपालिका को आयोजन मा पौष ८ गते उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
हाड जोर्नी , नशा ,नाक कान घाँटी , आखा, मुटु रोग ,बाल रोग तथा स्त्री रोग लगायत का १५ प्रकारको बिशेसज्ञ सहित को सेवा उपलब्ध सो स्वास्थ्य शिविर मा इलाम को चुलाचुली झापाको कमल गाउपालिका , दमक नगर पालिका लगायत क्षेत्रका बिरामी हरुको उपस्थिती रहेको थियो ।
सेवाग्राहीहरु को निक्कै बाक्लो उपस्थिती रहेको सो स्वास्थ्य शिविर बिहान निर्धारित ९ बजेको समय मा सुरु हुन नसक्दा केहि समस्या भएता पनि उपस्थित सम्पुर्ण बिरामी हरुको चेकजाँच सम्पन्न गर्दै अपरान्ह ४ बजे कार्यक्रम सम्पन्न भएको थियो ।
चुलाचुली गाउपालिका लाई रोग मुक्त बनाउने अभियान अन्तरगत यो शिविर मुख्यतय रोगहरु पहिचान गर्नका लागी हो र यस शिविरमा पहिचान भएका रोग हरुलाई आवश्यकता का आधारमा बिराटनगर को नोवेल शिक्षण अस्पताल र काठमाण्डौ को के.एम.सि. अस्पताल मा निशुल्क थप उपचार गराइन्छ चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले भन्नु भयो वहाँ ले थप्नु भयो भौतिक संरचना निर्माण पश्चात चुलाचुली आधारभुत अस्पताल सन्चालन का लागी केन्द्र सरकार र प्रदेश सरकार को सुन्य सहयोग रहेको छ । प्रदेश मा अर्थ मन्त्री आफ्नै क्षेत्र को सांसद रहदा समेत अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बजेट बिनियोजन नहुनु चुलाचुली बासी का लागी दुर्भाज्ञ हो भन्नुभयो ।
दिपेन्द्र सिंह,अरुण कुमार महतो , जितेन्द्र प्रसाद गुप्त .रमण यादव लगायत २० जना बिषेसज्ञ डक्टरहरु मार्फत जम्मा १०२९ जना को स्वास्थ्य परिक्षण गर्दा ९८ जना लाई बिराटनगर को नोवेल मेडिकल कलेज र २ जना लाई काठमाण्डौ को के.एम.सि. अस्पताल मा रेफर गरिएको छ भनें ति बिरामी हरु लाई चुलाचुली गाउपालिका ले आगामी पौष २२ गते नोवेल मेडिकल कलेज मा लगेर थप उपचार गराइने जानकारी स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहाल ले बताउनु भयो ।
निक्कै मोटो सरकारी रकम खर्च गरेर निर्माण सम्पन्न भएको यो अस्पताल एक दिने स्वास्थ्य शिविर सन्चालन स्थल र स्वास्थ्य बिमा को रेफर पोइण्ट मात्रै नभएर आवश्यकिय उपकरण का साथै आवश्यक जनशक्ती को ब्ययस्थापन गर्न तिनै तहका सरकार हरुको ध्यान जान आवस्यक देखिन्छ अन्यथा ७ सय ५३ वटै स्थानिय तहहरु मा बनेका बन्दै गरेका र बन्ने वाला यस्ता ५ र १५ सैयाका अस्पतालहरु हात्ती आयो हात्ती आयो फुस्स भने झै हुने सम्भावना देखिन्छ ।

Facebook Comments Box