माओबादी को जनसास्कृतिक कार्यक्रम सम्पन्न
देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्ब र ४ स्थित आइतबारे मा आज बैशाख १६ गते नेकपा माओबादी निकट जनसास्कृतिक महासँघ ले बिविध सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा माओबादी केन्द्र चुलाचुली गाउकमिटी को समान्वय तथा १ नम्ब र प्रदेश कमिटिको आयोजना रहेको सो सास्कृतिक कार्यक्रम जन सास्कृतिक महासंघ ले सन्चालन गरेको समाजवादी सास्कृतिक चेतनाका लागी त राइ चुरे अभियान अन्तरगत सन्चालन भएको हो ।

उक्त कार्यक्रम मा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ चुलाचुली गाउपालिका कि पुर्व उपाध्यक्ष निर्मला दहाल नेकपा माओबादी केन्द्र इलाम जिल्ला सह इन्चार्ज कान्छा लावती केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण लगायत को उपस्थिती रहेको थियो ।
कार्यक्रम मा सास्कृतिक महासंघ का कलाकार हरुले बिभिन्न गित मा नृत्य नाटक अबको बाटो तथा जनवादी गायक झान्कार बुढामगर ले आफ्नो प्रस्तुती दिनु का साथै गजलकार सुमित्रा वाङदेल चेली ले समेत आफ्नो रचना प्रस्तुत भएको थियो ।
कार्यक्रम लाई शुभकामना दिदै चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ्ग ले यो अभियान अन्तरगत को सास्कृतिक कार्यक्रम चुलाचुली मा ल्याउनु भएको मा आयोजक लाई धन्यवाद दिनु भयो । वहाँ ले थप्नु भयो केहि उद्धेश्य का साथ अघाडी बढेको यो अभियान लाई शुभकामना समेत छ भन्नु भयो ।

कार्यक्रम साँझाको ४ बजे देखी सुरु गर्ने भनिएता पनि दर्सक हरुको उपस्थिती ढिलो भएका कारण केही ढिलो गरी सुरु गरिएको थियो ।
