देवेन्द्र पौडेल चुलाचुली/किराँत राइ यायोक्खा चुलाचुली गाउ कार्यसमितीको नवौ अधिवेशन अम्विका राइको अध्य्क्षता मा ११ सदसिय नयाँ कार्यसमिती छनौट गर्दै आज फागुन ९ गते शनिवार चुलाचुली ३ स्थित साकेला थानमा सम्पन्न गरेको छ ।

किरात राइ यायोक्खा चुलाचुलीका निवर्तमान उपाध्यक्ष सन्देश साम्सोहाङ राइको अध्यक्षता तथा कि.रा.या. प्रदेश नम्बर १ का अध्यक्ष पारसमणी राइको प्रमुख आतिथ्यथा तथा चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठको बिषेश आतिथ्यता मा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिती को उपाध्यक्ष मा बिगेश राइ चुलाचुली १,सचिब मा चुलाचुली ३ का राजकुमार राइ सह-सचिब मा चुलाचुली १ का अगम राइ,कोषाध्यक्ष मा चुलाचुली १ कि उषा राइ रहनु भएको छ भने सदस्य हरुमा बिनिता राइ चुलाचुली २,शर्मिला राइ चुलाचुली ३,होमकुमारी राइ चुलाचुली ३,नन्द कुमार राइ चुलाचुली ४,सन्त राइ चुलाचुली ५ र सन्देश साम्पाङ्ग राइ चुलाचुली ६ रहनु भएको छ ।

राइ समुदायको भाषा सस्कार सस्कृती धर्म र अधिकार संरक्षण र प्रवर्द्धन का साथै सास्कृतिक पहिचान र इतिहासको अध्ययन अनुसन्धान का साथसाथै आदिवासी जनजातीको अधिकारका लागी आवाज बुलन्द गर्न का लागी २०४६ सालमा स्थापना भएको किरात राइ यायोक्खा को केन्द्रिय समिती प्रदेश समिती र जिल्ला तथा स्थानिय तह समिती को संरचनामा संगठित उक्त सस्थाले बिगत देखी कोशी प्रदेश नामाकरणमा बिरोध जनाउदै आइरहेको छ ।

हरेक ३ वर्ष मा सम्पन्न हुने किरात राइ यायोक्खा को अधिवेशनले नयाँ नयाँ अनुहार लाई नेतृत्व हस्तान्तरण गरेता पनि सस्थाले गर्नुपर्ने जिम्मेवारी पुर्ण रुपमा निर्वाह गरी नराखेको स्थानिय राइ समुदायको गुनासो छ । स्थानिय स्तर मा सन्चालन गर्नुपर्ने भाषा,प्रशिक्षण,साहित्य प्रकाशन,धार्मिक पुजाआजा तथा धार्मिक कार्यक्रम सन्चालन उधौली उभौली पर्व मनाउने जस्ता कृयाकलाप सन्तोशजनक तवरले सन्चालन नगरेको स्थानियको गुनासो रहेको छ । राष्ट्रीय जनगणना २०७८ अनुसार चुलाचुली गाउपालिकामा राइ समुदायको जनसंख्या ६ हजार १९ जना रहेको छ जसमा राइ समुदायको मुख्य भाषा वान्तवा २ हजार ६ सय २६ जना बोल्ने गरेकाछन भने चाम्लिङ्ग भाषा ६ सय ९ जना ले बोल्ने गरेको र अन्य २ हजार २ सय ६२ जनाले अन्य राइ भाषा बोल्ने गरेको बिवरण उल्लेख छ । यद्धपी यो बिवरण भन्दा धेरै संख्यामा राइ समुदाय चुलाचुली गाउपालिकामा बसोबास गर्ने गरेको स्थानिय राइ समुदायका सास्कृतिक अभियान्ता हरुको भनाइ छ ।

Facebook Comments Box