एमालेको चुनावी घरदैलो चुलाचुलीमा
देवेन्द्र पौडेल चुलाचुली/आगामी फागुन २१ गते सम्पन्न हुने प्रतीनिधी सभा सदस्यको निर्वाचन निजिकिए सँगै इलामको क्षेत्र नम्बर २ मा पर्ने चुलाचुली गाउपालिका भित्र नेकपा एमाले ले आफ्नो प्रचारप्रसार लाई तिब्रता दिएको छ ।
नेकपा एमाले चुलाचुली गाउकमिटिको अगुवाइ मा फागुन ९ र १० गते उम्मेद्वार सुहाङ नेम्वाङ्ग सहित गरिने घरदैलो तथा चुनाब प्रचार प्रसार कार्यक्रमलाई गाउपालिका भित्र रहेका छ वटै वडामा सन्चालन गरिने जानकारी प्राप्त छ । स्थानिय स्तरका समस्या हरुलाई नजिक बाट नियाल्दै स्थानिय मतदाता हरुका गुनासा र अपेक्षा हरु समेत बुझ्दै पार्टीका जिल्ला तथा प्रदेश स्तरिय पदाधिकारी हरुको साथमा स्थानिय संगठनका जिम्मेवार ब्यक्ती तथा भातृ संगठनका पदाधिकारी हरुको समेत उक्त घरदैलो कार्यक्रम मा सहभागिता रहेको थियो ।
आफ्नो संगठन निकट रहेका मतदाताहरु सँगको सम्बन्ध सुमधुर तथा तठस्त मतदाता हरु लाई आफ्नो सँगठन र उम्मेद्वार प्रती आकर्षित गर्नका लागी गरिने घरदैलो कार्यक्रमले बिपक्षी दलका मतदाता हरु सँग समेत सौहार्दपुर्ण वातावरण सृजना गरी निर्वाचन लाई मर्यादित र लोकतान्तृक बिधीबाट सम्पन्न गर्नका लागी गरिने नेकपा एमालेको घरदैलो कार्यक्रम फागुन ९ गते चुलाचुली को वडा नम्बर १, २ र ३ मा सम्पन्न गरिने छ भने १० गते वडा नम्बर ४ ,५ र ६ मा सम्पन्न हुने जानकारी निर्वाचन प्रचारप्रसार समिती का सदस्य नितेश राइले जानकारी दिनु भयो ।
सांगठानिक हिसाबले नेकपा एमालेको लालकिल्ला नै मानिने इलामको क्षेत्र नम्बर २ मा बिगत ३० वर्ष देखी नेकपा एमाले बिजयि बनिरहेको छ । गत २०८१ साल बैसाख १५ गते उक्त क्षेत्रमा सम्पन्न उपनिर्वाचन मा कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता मध्य ६९ हजार ३ सय ७४ बाट ९ सय २ मत बदर भइ ६८ हजार ४ सय ७२ सदर मतमा नेकपा एमाले का उम्मेद्वार सुहाङ नेम्वाङ ले २७ हजार ७ सय ७२ मत ल्याउदै बिजयि बनेका थिए । उक्त जितलाई नै आधार बनाउदै यस पटक पनी उम्मेद्वार बनेका नेम्वाङ लाई चुलाचुली का मतदाता हरुले राम्रै आस्वासन दिइ रहेका छन । युवा तथा अनुभवी उम्मेद्वार भएकाले अधिकांस मतदाता हरुले मत जाहेर गर्ने संकेत गर्नुका साथै स्थानिय समस्या हरुलाई समेत सामधान गरिदिनु पर्ने चुलाचुली बासीको माग रहेको छ ।
स्थानिय स्तर मा पुलपुलेसा,सडक बत्ती,टेलिफोन टावर,खानेपानी,शिक्षा,स्वास्थ्य लगायतका समस्या हरुको लामै लिस्ट उम्मेद्वार र उम्मेद्वार निकट ब्यक्ती हरुको हातमा परेको छ । उम्मेद्वार बनेका ब्यक्ती निर्वाचन मा बिजयि हुन या पराजयी यि मतदाता हरुको समस्या माथी निरन्तर लागी पर्नु असल उम्मेद्वारको कर्तब्य रहन आउछ अन्यथा दुनिया ले देखेको र इलाम २ ले पाएको उम्मेद्वार उस्तै उस्तै प्रमाणित हुनेछ ।
