देवेन्द्र पौडेल चुलाचुली / दक्षिणी इलामको चुलाव्हुली गाउपालिका मा गत जेष्ठ १७ गते देखि पालिका स्तरिय युवा तथा खेलकुद समन्वय समिती ले आयोजना गरेको व्हुलाचुली गोल्डकप दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हिजो जेष्ठ २५ गते सम्पन्न भएको छ ।

गतवर्ष को चुलाचुली गोल्डकप पहिलो अध्यक्ष कप फुटबल प्रतियोगितामा अन्तरपालिका फुटबल टोलि हरुको प्रतिष्पर्धा भएता पनि यसपटक भनें पालिका भित्रका वडास्तरिय टिमहरु को सहभागितामा उक्त प्रतियोगिता सन्चालन भएको हो । चुलाव्हुली गाउपालिका का ६ वटा वडास्तरिय फुटबल टिमका अलवा कर्मचारी र भेट्रान टिम गरि कुल ८ फुटबल टोलिको प्रतिष्पर्धा चलेको सो प्रतियोगिताको फाइनल खेल चुलाचुली ४ नम्बर वडा र ५ नम्बर बिच भएको हो।

हिजो जेष्ठ २५ गते सो प्रतियोगिताको समापनका लागि एक भब्य कार्यक्रम को आयोजना गरिएको थियो । पालिका स्तरिय युवा तथा खेलकुद समन्वय समितिका अध्यक्ष देवेन्द्र तुम्रोक को अध्यक्षतामा आयोजित सो औपचारिक समापन कार्यक्रम का प्रमुख अतिथी मोरङ मिक्लाजुङ गाउपलिका का अध्यक्ष बविकुमार राई हुनुहुन्थ्यो भनें विशिष्ट अतिथिमा चुलाव्हुली गाउपालिका का अध्यक्ष राजेन्र केरुङ रहनु भएको थियो ।त्यसैगरी कार्यक्रमका अन्य अतिथिहरुमा इलाम माङसेबुङ गाउपालिका का अध्यक्ष हेमन्त राई , चुलाव्हुली गआउपालिका कि उपाध्यक्ष दिल कुमारी लावती , प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यका अलवा चुलाचुली गाउपालिका का जनप्रतिनिधिहरु, स्थानिय बुद्धिजिवी समाजसेवी तथा खेलप्रेमी हरुको उपस्थितिमा सो कार्यक्रम सन्चालन गरिएको हो ।

हिजो सम्पन्न भएको चुलाचुली गोल्डकप दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले जितेको छ ।निर्धारित १ घण्टाको खेल समयावधिको मध्यान्तर सम्म कुनै पक्षले गोल नगरेता पनि मध्यान्तर पश्चात ४ नम्बर वडाका जर्शी नम्बर ११ का खेलाडी ओसन राइले दोश्रो हाफको ११ औं मिनेटमा पहिलो गोल गर्दै खेललाइ अग्रता दिलाएका थिए । त्यसै गरि खेलको २९ औं मिनेटमा पुन: जर्शी नम्बर ११ का ओसन राइले दोश्रो गोल गर्दै खेललाइ २ /० को अग्रता दिलाउदै गर्दा खेलको अन्त्यतिर ३३ औ मिनेटमा वडा नम्बर ४ को तर्फबाट जर्शि नम्बर ६ का खेलाडी इश्वर राइले गोल गर्दै ४ नम्बर वडालाइ ३ शून्य गोल अन्तर ले बिजयी गराएका थिए ।

नगद रु १ लाख ट्रफी मेडल र प्रमाण पत्र प्रथम पुरस्कार तथा नग ५० हजारका साथमा ट्रफी मेडल र प्रमाण पत्र दोश्रो पुरस्कार रहेको चुलाचुली गोल्डकप दोश्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर वडा नम्बर ४ का मनिष हिङमाङ भए , प्रतियोगिताको उत्कृष्ट डिफेन्डर चार नम्बर वडाका जर्शी नम्बर १५ का डेनिस राई भए भने बेस्ट मिड फिल्डर सोही वडाका जर्शी नम्बर ८ का किस्मत लिम्बू थिए भनें प्रतियोगिता भरी सबैभन्दा अधिक गोलकर्या वडा नम्बर ५ का खेलाडी प्रदिप न्यौपाने जसले प्रतियोगिता भरिमा ६ गरेका गरेका थिए । त्यसरी नै बेष्ट प्लेयर अफ ट्युनामेट को उपाधी वडा नम्बर चारका खेलाडी ओसन राई दिइएको थियो भने राइजिङ प्लेयर वडा नम्बर पाँच का जर्शी नम्बर ९ का जेनिश खेवा भएका थिए भनें प्रतियोगिताको उत्कृष्ट फरवार्ड खेलाडी को उपाधी वडा नम्बर एकका जर्शी नम्बर १० का आशिष लिम्बुलाइ प्रदान गरियो ।

चुलाचुली गाउपालिका वडा नम्बर ३ स्थित किराँतेश्वर माध्यमिक बिध्यालयको खेलमैदानमा सन्चालित सो प्रतियोगिता सम्पन्न गर्नका लागि युवा तथा खेलकुद समन्वय समितिलाइ चुलाचुली गाउपालिकाले रुं ५ लाख बजेट बिनियोजन गरेको जानकारी आयोजकले दिएको छ साथै सो खेल रातृकालिन समयमा सम्पन्न भएको सो अध्यक्ष कप ऐतिहासिक र उपलब्धिमुलक भएको आयोजकको भनाइ छ । यध्यपी सो प्रतियोगिता रातृकालिन समयमा सन्चालन गर्नका लागि खेलमैदान लाइट ब्यवस्थापन र प्याराफिट निर्माण लगायतका ब्यावस्थापकिय कामहरु भने यस अघि सन्चालन भएको तर बिवादका कारण सम्पन्न हुन नसकेको चुलाचुली च्याम्पियन्स लिग फुटबल प्रतियोगिता आयोजक समितिले गरेको थियो । जसका कारण अध्यक्ष कप फुटबल प्रतियोगिता रात को समयमा सन्चालन का लागि सहज भएको हो ।

Facebook Comments Box