चुलाचुली-३ मा २ दिने मध्यपान तथा लागू औषध न्युनिरकण सम्वन्धी सचेतना मुलक कार्यक्रम

२७ माघ, पेल्टिमारी। चुलाचुली गाउँ पालिका वडा नं.-३ को आयोजनामा २ दिने मध्यपान तथा लागू औषध न्युनिरकण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
वडाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक वजेटबाट आयोजित कार्यक्रममा वडाका ५० भन्दा बढी लाभग्राहीहरूले प्रतक्ष सहभागिता जनाएका थिए।
वडाका प्रत्येक टोल समितिका प्रतिनपधी, स्वास्थ्य स्वम्सेविका, विभिन्न सरोकारवाला संघसंस्थाहरूका प्रतिनिधीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा मानसिक तथा मनोसामाजिक सहयोग संस्था चुलाचुलीका प्रमुख मणि केरूङले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो। साथै कार्यक्रममा पेल्टिमारी प्रहरी चौकीका प्रमुख भिम भुजेलले पनि मध्यपान तथा लागू औषधको दुरूपयोगले निम्त्याउने कानुनी समस्याहरूको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा मध्यपान तथा लागू औषध सेवनले निम्त्याउने समस्याहरूको बारेमा सहभागीहरूसंग अन्तरकृयात्मक सवाल जवाफ पनि गरिएको थियो।
सहभागिहरूले यस्ता कार्यक्रमहरू प्रत्येक टोल-टोलमा आयोजना गर्नु पर्ने सुझाव दिएका थिए।
कार्यक्रम चुलाचुली वडा नं.३ को सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठ, वडा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सन्चालन वडा सचिव उत्सव कट्टेलले गरेका थिए।