एसइइ मा चुलाचुली का ५ बिद्यालय को नतिजा शतप्रतिशत
देवेन्द्र पौडेल,इलाम टाइम्स चुलाचुली/गत चैत्र १७ देखी २६ गते सम्म सन्चालन भएको एसइइ परिक्षा मा इलामको चुलाचुली बाट सहभागी विद्यार्थी हरु मध्य ९३.४८ प्रतिशत पास भएका छन । गाउपालिका भित्र रहेका ८ सामुदायिक र २ सस्थागत गरी १० बिद्यालय बाट सहभागी २६१ जना छात्राछात्र मध्य २४३ जनाले १.६ जीपिए भन्दा माथी अंक प्राप्त गरेका छन भनें १४ जना ले १.६ जि पी ए भन्दा कम नम्बर प्राप्त गरेका हुन त्यसै गरी ४ जना विद्यार्थी परिक्षा मा अनुपस्थित भएका छन l
प्राप्त जानकारी अनुसार चुलाचुली १ स्थित श्री जनता माध्यमिक बिद्यालय बाट सहभागी २७ विद्यार्थी मध्ये सत प्रतिशत पास भएका छन त्यसै गरी चुलाचुली २ स्थित जनता उच्च माध्यमिक बिद्यालय बाट पनि सहभागी ५६ जनामा सत प्रतिशत नै उतिर्ण भएका छन त्यसरि नै चुलाचुली ५ स्थित श्री बाँझोगाउ मा बि बाट सहभगि २० जनामा सत प्रतिशत उतिर्ण भएका छन । त्यसरी नै चुलाचुली मा रहेका २ सस्थागत बिध्यालय हरु सन्फ्लावर एकेडेमी र चुलाचुली बोर्डिङ स्कुलका सहभागी बिध्यर्थी हरु सम्पुर्ण उत्तीण भएका छन ।
चुलाचुली गाउपालिका बाट सहभागी १० बिध्यालय का २६१ जना परिक्षार्थी मध्ये बालज्योती माध्यमिक बिध्यालय बाट सहभागी छात्रा रोहिना फियाक ले ३.४० जिपिए ल्याएर चुलाचुली प्रथम भएकी छिन त्यसै गरि चुलाचुली बोर्डिङ स्कुल बाट सहभागी सबिस आचार्य ले ३.३५ जिपिए ल्याएर चुलाचुली दोश्रो भएका छन भनें भानु माध्यमिक बिद्यालय का संजिव कुमार यादव ले ३.३० जिपिए ल्याउदै चुलाचुली तेश्रो भएका छन । चुलाचुली मा रहेका ८ सामुदायिक बिद्यालय बाट जम्मा २२९ जना विद्यार्थी सहभागी थिए भनें २११ जना उत्तिर्ण भएका छन त्यस्तै सस्थगत २ बिद्यालय का ३२ छात्रा छात्र हरु मा सम्पुर्ण ३२ जना नै उत्तिर्ण भएका छन । l
चुलाचुली बाहिर गएर अध्यान गरी एसईई पास गर्ने विद्यार्थी हरु को संख्या पनि निक्कै धेरै नै रहेको छ । इलाम टाइम्स लाई प्राप्त जानकारी अनुसार चुलाचुली ६ निवासी रेखा आचार्य र सुमन कुमार दहाल ले क्लासिकल इङ्गलिस हाइ स्कुल मिक्लाजुङ मोरङ बाट ३.८५ जिपिए ल्याएर पास भएका छन तर उनिहरु लाई न चुलाचुली स्थानिय सरकार ले आफ्नो गाउपालिका मा समाहित गरेको छ न सिक्षा समान्वय समिती ले नै ।उनी हरु का अभिभावकहरु भन्नु हुन्छ हामी ले चाहेर पनि हाम्रा नानी बाबु हरु लाई चुलाचुली मा पढाउन सकेनौ किन कि चुलाचुली वडा नम्बर ६मा २ वटा माधय्मिक बिद्यालय हरु भए ता पनि तोरिबारी क्षेत्र मा मा बि नभएका कारण अन्यत्र जान बिद्यार्थी बध्यता मा रहेका छन ।