देवेन्द्र पौडेल चुलाचुली /गत चैत्र २५ गते देखी चुलाचुली २ स्थित तीनकुने पोखरीमा सन्चालन भएको तीनकुने पोखरी पर्यटन महोत्सव २०८२ को अफिसियल मिडिया पार्टनर हाम्रो चुलाचुली इलाम नामक फेसबुक पेजका सन्चालक धिरेन श्रेष्ठ र आयोजक सस्था तीनकुने पोखरी सिमसार पर्यटकिय स्थलका अध्यक्ष नगेन्द्र श्रेष्ठ बिचको बिवादले अहिले सिङ्गो चुलाचुलीको पर्यटन क्षेत्र बिवाद मा तानिएको छ ।

स्थानिय उत्पादन,खाध्यसामाग्री,कला सस्कृती र पर्यटकिय स्थल हरुको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ सन्चालन मा आएको उक्त महोत्सव मा आर्थीक हिनामिना र अपचलन भएको हुनसक्ने आशंकाले स्थानियहरु को गुनासो र चाहना अनुरुप यथासक्य चाँडो सार्वजानिक सुनुवाइको माग भएका कारण आम्दानी खर्चको सार्वजानिकिकरण का बिषयमा सामाग्री सम्प्रेषण गर्दा आयोजकका तर्फबाट धम्की गालीगलौच र अपशब्द प्रयोग गरिएको हाम्रो चुलाचुली इलाम नामक फेसबुक पेजका सन्चालक धिरेन श्रेष्ठको गुनासो रहेको छ भनें कार्यक्रम का दौरानमा आर्थीक सहयोग को प्रतिवद्धता जनाउनु भएका केहि संघ/सस्था र ब्यक्ती हरुले उक्त सहयोग रकम उपलब्ध गराइ नसक्नु भएको कारण केही दिन पश्चात सार्वजानिक सुनुवाइ गर्ने तयारी हुँदै गर्दा आधिकारिक मिडिया पार्टनर का सन्चालक बाट यस्तो गैर जिम्मेवार र द्वेशपुर्ण सामाग्री प्रसारण गर्नुका साथै व्यक्तिगत कुराकानिको टेलिफोन संवाद सामाजिक सन्जाल मा सम्प्रेशण गर्नु दुखद र खेदपुर्ण रहेको आयोजक सस्था का सदस्य मनाहाङ लावतिले बताउनुभयो ।

उक्त महोत्सवमा स्थानिय कलाकार हरुका अलवा नेपालका ख्यातिप्राप्त कलाकारहरु राजेशपायल राई , ज्योती मगर , गंंगु क्षेत्री लगायत को प्रस्तुती रहेको थियो ।

Facebook Comments Box