देवेन्द्र पौडेल , इलाम टाइम्स पेल्टिमारी/चुलाचुली गाउपालिका ले आर्थीक वर्ष २०७९/८० को बित्तिय प्रगती सार्वजानिक गरेको छ ।
चुलाचुली गाउपालिका मा प्रस्तावित आयको तुलना मा वास्तबिक आय ८९.४३ प्रतिशत प्राप्त भएको थियो । गाउपालिकाको आर्थीक वर्ष २०७९/८० मा ५५ करोड ४३ लाख ३१ हजार ३ सय ४० रुपैया प्रस्तावित आय रहेको मा ४९ करोड ५७ लाख ४३ हजार ९६ रुपैया वास्तविक आय रहेको थियो । गाउपालिका ले वास्तबिक आय को तुलना मा कुल खर्च ८८.८० प्रतिशत गरेको छ । पालिकाको वास्तबिक आय ४९ करोड ५६ लाख ४३ हजार ९६ रुपैया रहेको मा कुल खर्च ४४ करोड २ लाख २५ हजार १ सय ७१ रुपैया रहेको छ ।
जसमा पुँजिगत खर्च १७ करोड ६६ लाख १२ हजार ४ सय ९१ रुपैया छ जसलाइ प्रतिशत मा हेर्दा ७१.५७ प्रतिशत रहेको छ । गाउपालिका को पुँजिगत तर्फ सबै भन्दा थोरै “अनुसन्धान तथा परमर्श” शिर्षकमा ५० लाख रुपैया विनियोजन भएकोमा १३ लाख २२ हजार ६ सय ५४ रुपैया मात्र खर्च भएको छ जसलाइ प्रतिशत मा हेर्दा २६.४५ प्रतिशत हुन आउछ । त्यस्तै पुँजिगत कै सबै भन्दा धेरै “कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद” शिर्षक मा ६ लाख ५० हजार बिनियोजन भएकोमा सम्पुर्ण १०० प्रतिशत खर्च भएको चुलाचुली गाउपालिका ले प्रस्तुत गरेको आय-ब्यय को बिवरणमा उल्लेख छ । त्यसै गरी गाउ पालिका ले चालु तर्फ २६ करोड ३६ लाख १२ हजार ६ सय ७९ रुपैया खर्च गरेको छ यसलाइ प्रतिशत मा हेर्दा ८६.५८ प्रतिशत हुन आउछ । चालु तर्फ सबै भन्दा धेरै खर्च कर्मचारी कल्याण कोष ,इन्धन (पदाधिकारी) ,भ्रमण र धार्मिक तथा सास्कृतिक सस्था सहायता शिर्षक मा १०० प्रतिशत भएको छ भनें सबै भन्दा थोरै छात्रबृत्ती , अन्य सस्था सहायता,अन्य भ्रमण खर्च र स्थनिय भत्ता शिर्षक मा ० प्रतिशत खर्च भएको छ ।

इलाम का केही स्थानिय निकायहरु ले आर्थिक वर्षको अन्त्यमा गरिने बित्तिय प्रगती बिवरण लाइ औपचारिक कार्यक्रम गर्दै सार्वजानिक गरेका छन भनें केही स्थानिय तहहरु ले आफ्नो वेबसाइड तथा सामाजिक संजालहरु मार्फत सार्वजानिक गरेका छन ।

Facebook Comments Box