चुलाचुली मा एक युवतीको डुबेर मृत्यु
जेष्ठ २४, चुलाचुली
इलामको चुलाचुली गाउपालिका ३ स्थित ऐनापोखरी श्रम सास्कृतिक पार्क भित्र रहेको पोखरी मा एक १८ वर्षिय युवती को डुबेर मृत्यु भएको छ ।
मृत्यु हुने मा चुलाचुली गाउपलिका वडा नम्बर ४ आइतबारे निवासी मान बहादुर जोगी र निर्मला जोगी कि १८ वर्षिय छोरी बिनिता जोगी रहेकी छन ।
स्थानिय प्रतक्ष्यदर्शी का अनुसार मृतक सहित अन्य २ जना युवती हरु दिउसो १२ बजे तिर उक्त पोखरी को माथिल्लो भागमा पौडी खेलीरहेका र फर्कने क्रममा फोटो खिचिरहेका र सोही क्रममा मृतक बिनिता चिप्लिएर पोखरी भित्र झरेको र उनलाई निकाल्न का लागी अन्य २ जना समेत पोखरी मा पसेर निकाल्ने प्रयास समेत गरेको स्थानिय हरुले बताएका छन ।
मृतक १८ वर्षिय बिनिता जोगी चुलाचुली ४ स्थीत श्री बालज्योती माध्यमिक बिद्यालय मा अध्ययनरत थिइन र केहि दिन अघाडी मात्रै कक्षा ११ को परिक्षा सकेर घर मै बसिरहेको पारिवारिक श्रोत ले जानकारी दिएको छ ।
उनी संगै गएका अन्य २ जना लाई अहिले उपचार का लागी अस्पताल लागिएको छ भनें हाल पोखरी को पानी सुकाएर लास लाई बाहिर निकालिएको छ र इलाका प्रहरी कार्यालय दमक को एक टोली ले लासलाई पोष्टमार्टम का लागी लग्ने तयारी गरिरहेको छ । मृतक बिनिता कि आमा निर्मला जोगी बिदेश मा रहनु भएको छ भनें घर मा बुवा मान बहादुर जोगी र दाजु बिबेक जोगी सँग बस्दै आएकी थिइन ।