चुलाचुलीमा कृषि अनुदान रकममा नितिगत भ्रष्ट्राचार भएको ठहर
सबिन राई-
०५ साउन, पेल्टिमारी। चुलाचुलीमा आ.व. २०७९/८०को संघिय बजेटबाट शसर्त कृषि तरकारी बाली अनुदान अन्तर्गत बिनियोजित रकम वितरणमा चरम लापरवाहि भएको पाईएको छ।
अनुदान बितरणमा स्थानिय सरकारका जन प्रतिनिधिहरू, टोल विकास समितिका प्रतिनिधीहरू र सरकारी कर्मचारीहरूले फर्जी कागजात पेश गरि कृषकको नाममा आएको अनुदान रकम आफू र आफ्नो परिवारको नाममा निकासा गरेको पाइएको हो।
अनुदान रकम वितरण गर्दा अपनाउनु पर्ने न्युनत्तम मापदण्डहरू कुनै पनि सरोकारवाला निकायहरूले पालना नगरेको तथ्य फेला परेको छ।
आर्थिक वर्षको अन्त्यमा राती अबेर सम्म साथै शनिबार बिदाको दिन पनि कार्यालय सन्चालन गरेर हचुवाको भरमा अनुदान रकम आफू निकटका व्याक्तीहरूलाइ उपलब्ध गराइएको छ।
फर्जी कागजातको आधारमा जनप्रतिनिधीहरूको परिवारलाई अनुदान
वडा नं. ४ का जन प्रतिनिधीहरू सागर जवेगु र विष्णु भट्टराईले विभिन्न व्याक्तीहरूको कागजात पेश गरेर आफ्नो परिवारको नाममा अनुदान रकम निकाशा गरेका छन्।
त्यस्तै अधकांश व्याक्तीहरूले सिमल तरूल खेती नै नगरी मोटो रकम आफ्नो नाममा निकासा गराएका छन् भने कतिपयले आफ्नो खेति गरेको भन्दा धेरै क्षेत्रफल देखाएर अनुदान लिएका छन्।
वडा नं. ३ का वडा कर्मचारी निर्मला घिमिरेले भने नक्कली किसान खडा गरेर २० कठ्ठा क्षेत्रफलको अनुदान रकम झ्वाम पारेका छन्।
प्रतिपक्षद्वारा ज्ञापन पत्र
युवा संघ नेपाल चुलाचुली र नेकपा एमाले चुलाचुलीले विभिन्न बुदागत रूपमा बेग्ला बेग्लै ज्ञापन पत्र चुलाचुली गाउँ पालिकाका अध्यक्ष राजेन्द्र केरूङलाई बुझाएका छन्। चुलाचुलीमा कृषि अनुदानमा प्राप्त रकम वितरणमा भएको अनियमिताको शिघ्र छानबिन गरी दोषीलाई कारवाही गर्नु पर्ने कुरा पत्रमा उल्लेख छ। साथै पत्रमा अन्य विभिन्न समयमा चुलाचुलीका विभिन्न क्षेत्रमा भएको अनियमिताको यथाशिघ्र सुधार हुनु पर्ने कुरा उल्लेख छ।
गाउँ पालिकाका अध्यक्ष केरूङले सामुहिक उत्तर दिने क्रममा बोल्दै गल्ती भएको कुरा घुमाउरो भाषामा स्विकार गर्नुभएको छ। सशर्त अनुदान रकम फिर्ता जाने अवस्था आए पछि हतारमा काम गर्दा यस्तो भएको बताउनु भएको छ। तत्काल छानबिन समिति गठन गरेर स्थलगत अनुगमन गरी दोषी भेटिएमा कारवाही गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ।
युवा संघद्वारा कर्मचारी तथा जनप्रतिनिधीहरूको राजिनामा माग।
साथै युवा संघ नेपाल चुलाचुलीका कार्यकर्ताहरूले पालिकाको प्रांगणमा नाराबाजी समेत गरेका छन्। नाराबाजीको क्रममा पालिकाको कृषि शाखाको प्रमुख तथा लेखा शाखाका कर्मचारीहरू, साथै गलत सिफारिस गर्ने जनप्रतिनिधीहरूको राजिनामा माग गरेका थिए।
यसै बिच संघिय सरकारले शहर केन्द्रित ताजा तरकारी बाली उत्पादन अभिबृद्दि कार्यक्रम मार्फत विनियोजन भएको रकम वितरणमा नीति गत भ्रष्ट्राचार भएको विभिन्न तथ्यहरू बाहिरिएका छन्।