इलाम टाइम्स चुलाचुली , गत असार १२ गते चुलाचुली ४ कि साबित्रा बास्कोटा ४ वर्षे बच्चा लिएर १० बजे नै पुगिन चुलाचुली अस्पताल ,अस्पतालमा डक्टर, नर्स सबै थिए तर थिएन बिजुली जसले गर्दा काउन्टर मा पुर्जी बनेन र ३ दिन देखी खोकीरहेको बच्चा को चेक जाँच हुन सकेन ।असार को चटारो लाई चुनौती दिदै गाँउमा नै अस्पताल भएको जहाँ एम. बि. बि. एस. डक्टर को सेवा साथमा केहि सामान्य ल्याब सुविधा समेत रहेको गाउपालिकाको नागरिक भएको कुरा ले छाती फुलाएर अस्पताल गएकी साबित्रा को ३ घण्टा अस्पताल मै बित्यो । न आयो बिजुली न भयो बच्चाको उपचार र १ बजे फर्किइन घर तिर ।

गत माघ देखी सन्चालन मा आएको चुलाचुली अस्पताल चुलाचुली गाउ पालिका को प्रशासकिय भवन संगै सन्चालित छ । नेपाल सरकार ले सन्चालन गरेको स्वास्थ्य बिमा समेत चालु रहेको यस अस्पताल सन्चालन गर्न गाउपालिका ले निक्कै ठुलो बजेट खर्चेको छ । एक एम. बि. बि. एस. डक्टर का साथै केहि स्वास्थ्य संग सम्बन्धित कर्मचारी हरु गाउपालिका ले पालिराखेको छ जसको एक मात्र उद्देश्य हो स्थानिय नागरिक हरु लाई अस्पताल को पहुँच सम्म पुर्याउने । तर ब्यवस्थापकिय पक्ष फितलो हुँदा जन प्रतीनिधी हरु नागरिक को सेवामा भन्दा पनि आफ्नो व्यक्तिगत चर्चा कमाउनमा तल्लिन रहेको देखिन्छ ।l

चुलाचुली वडा नं २ मा निर्माण कार्य को अन्तिम अवस्था मा पुगेको चुलाचुली आधारभुत अस्पताल सुचारु नभएसम्म चुलाचुली का आम नागरिक हरु को स्वास्थ्य उपचार को जिम्मा लिएको यस अस्पताल ले गत असार १२ गते चुलाचुली ३ नम्बर स्थित मानेटार मा बिजुलिको हाइ टेन्सन को डिस्क पम्चर भएर बिध्युत अवरुद्ध हुँदा एकै दिन ३० भन्दा बढी बिरामी हरु लाई उपचार बिना नै घर फर्काउन निरिह भएको हो ।l

साथै अस्पताल मा आवश्यक बिभिन्न औषधी तथा औजार उपकरण हरु जुन २४ सै घण्टा चिसोमा राख्नु पर्ने प्रकृती का छन ति सबै अस्पताल मा बिजुली नहुँदा खराब भएर गए यस बिशय मा गाउपालिका गम्भिर हुन जरुरी छ । साथै अस्पताल सन्चालन संगै अत्यावश्यक बिध्युत को बैकल्पिक ब्यवस्था र अस्पताल संचालन पस्चात अस्पताल ब्यवस्थापन समिती निर्माण कार्यमा भनें गाउपालिका चुकेको देखिन्छ । यथासक्य छिटो अस्पताल मा जेनेरेटर को ब्यवस्था गर्ने र अस्पताल सन्चालक समिती समेत निर्माण गरेर अस्पताल संचालन को जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने आवश्यक्ता देखिन्छ ।

Facebook Comments Box