आजको आवश्यकता ब्यावहारिक शिक्षा : मिलन राइ
सभ्यताको शुरुवात सँगसँगै शिक्षाले मानिसलाई पछ्याउँदै आइरहेको छ र मानिसले पनि शिक्षालाई आत्मासात गर्दै आइरहेको छ । त्यसैले मानव सृष्टिको प्रारम्भदेखि वर्तमानसम्म शिक्षाले त्याएको विकास तथा परिवर्तनलाई सबैले स्विकारेको पाइन्छ । शिक्षा लिने र दिने प्रक्रिया प्राचिनकाल देखि नै शुरुवात भएको पाउन सकिन्छ । हिजोको समयलाई केलाएर हेर्दा शिक्षाको क्षेत्र साँघुरो र सिमित घेरामा मात्र रहेको पाइन्छ । समय वदलीदै जाँदा शिक्षाको क्षेत्र ज्याँदै फराकिलो अर्थबाट व्याख्या गर्न सकिन्छ । शिक्षाको अर्थ कुनै एउटा शब्द अथवा वाक्यमा मात्र लगाउन साह्रै कठिन हुन्छ । वर्तमान समयमा यसको क्षेत्र यति व्यापक छ कि मानव जीवनका कुनै पनि पक्षबाट यसलाई अलग गर्न सकिदैन । जीवनको हरेक समय तथा ऋणहरुसँग यसको सम्बन्ध रहेको हुन्छ । मानव जीवनमा गरिने हरेक व्यवाहार, क्रियाकलाप, चिन्तनमननलाई शिक्षाले नै ओगटेको पाइन्छ । त्यसकारण महान् शिक्षा विद् Dumbile का अनुसार “Education begins from the cradle and ends to the grave” अर्थात् “शिक्षा कोक्रोबाट शुरु भई चिहानमा अन्त्य हुन्छ” शिक्षा मानिसको हरेक चिन्तन, दर्शन, धर्म, संस्कृति दृष्टिकोणसँग प्रत्यक्ष सम्बन्धित र प्रभावित हुन्छ । त्यसैले पनि दृष्टिकोणबाट अर्थ लगाउन सकिदैन यिनै विविध कारणहरुले गर्दा पनि हिजोको त्यो प्राचिन मानव जीवनमा शिक्षा अपरिहार्य रहेको कुरा प्रमाणित भइसकेको छ ।
शिक्षा चेतनाको केन्द्रविन्दु हो, शिक्षा ज्ञानको मुहान हो शिक्षा नै जीवनको गहना पनि हो । त्यसकारण शिक्षा नै जीवन हो । विश्व परिवेशमा नेपालका शैक्षिक प्रणालीलाई पनि नियालेर हेर्ने हो भने वर्तमान शिक्षाप्रतिको राज्यको दृष्टिकोण, अभिभावकको दृष्टिकोणमा परिवर्तनहरु देखा परिसकेको छ । शिक्षालाई जीवनको अपरिहार्य पाटोको रुपमा हेर्न थालिसकेको छ । नेपालको शैक्षिक प्रणालीलाई हेर्ने हो भने राजनैतिक परिवर्तनहरु सँगसँगै परिवर्तन र परिमार्जीत हुँदै आएको पाइन्छ । राणाकालीन समयदेखि नेपालमा विशेष गरी शिक्षाको औपचारिक यात्राको शुरु भएको पाइन्छ । त्यति बेलाको समयमा दरबारिया र राणाहरुको सन्तानले मात्र शिक्षा ग्रहण गर्न पाउने व्यवस्था थियो तर जाहानीय राणाशासनको अन्त्य सँगै भएको देशको आमुल राजनैतीक परिवर्तनले वर्तमान समयमा आइपुग्दा शिक्षा ग्रहण गर्ने प्रक्रिया सर्वसाधारण जनतासम्म आइपुग्न सफल भइसकेको छ । सात सालको क्रान्तिसँगै १०४ वर्षे जहानीय राणाशासन अन्त्य भयो ३० बर्षे पञ्चायती व्यवस्था ०४५/०४६ को जनआन्दोलन १० वर्षे जनयुद्ध साथै ०६२/०६३ को दोश्रो जनआन्दोलनको जगमा उभिएर २५० बर्षे राजसंस्थाको अन्त्य हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र निर्माणबाट भएको शैक्षिक योजना साथै परिवर्तन र सुधारका योजनहरुलाई वर्तमान शिक्षा क्षेत्रमा व्यापक परिवर्तन भएको पाइन्छ ।
शिक्षा क्षेत्रमा देखिएको दुःखद् कुरा के हो भने समय बदलिए सँगै बदलिन नसकेको नेपालको शैक्षिक प्रणालीले गर्दा शुरुवाती समयदेखि नै देखिदै आएको सैद्धान्तिक शिक्षा प्रतिको जोड र व्यवहारिक शिक्षा प्रणाली प्रतिको राज्यको कमजोर दृष्टिकोणले गर्दा भोलिको हाम्रो शैक्षिक प्रणाली कतातिर जान सक्छ भन्ने कुराले पनि वर्तमान समयमा गम्भिर विषयको रुपमा अगाडि बढाउन आवश्यक देखिन्छ । यस विषयमा यि वृहत छलफल संवाद सँगै आगामी शैक्षिक योजनाको बलियो खाका कोर्न नसके नेपालको शैक्षिक प्रणाली खस्केर जानेमा दुईमत देखिदैन । अहिले आएर देखिरहेको विकराल अवस्था जुन उच्च शिक्षा हासिल गर्ने बहानामा ठुलै शैक्षिक क्षेत्रको जमात बाहिरिएको हामी देख्न सक्छौं । यसले भोलिका दिनमा देशलाई चाहिने आवश्यक विद्यार्थीहरु खड्किनुका साथै दक्ष जनशक्तिको अभाव हुने पक्कै पनि देखिदैछु । यो सँगै देशको अर्थतन्त्र पनि ठुलै परिमाणमा बाहिरिनुले पनि हाम्रो जस्तो मुलकमा गम्भिर असर परिरहेको देखिन्छ । राज्यले यसको समयमै समाधान तर्फ उन्मुख नभए भोलिको हाम्रो शैक्षिक प्रणाली प्यारालाइज भएर बस्ने पक्का देखिन्छ । त्यसका लागि राज्यले यसको मूल जरासम्म पुगी खोतल्ने प्रयास मात्र नभएर उखेलेर नै फाल्ने योजना बनाउन आजैबाट आवश्यक देखिन्छ । विश्व परिवर्तनसँग देखिएका शैक्षिक प्रणालीहरुको परिवर्तन उत्तर आधुनिकतातर्फ मोडिरहेको युगलाई नेपालको शैक्षिक प्रणालीले समात्न नसके नेपालका अधिकांश सरकारी विद्यालयहरु केही वर्षमै गोठहरुमा परिणत हुने कुरा प्रष्ट देखिन्छ । त्यसकारण राज्यले समयमै बलियो शिक्षा नीति निर्माण गरी कार्यन्वयन गर्न तत्काल अगाडी बढाउन आवश्यक देखिन्छ ।
लेखक इलाम चुलाचुलि ४ नम्बर पेल्टिमारी का स्थाइ बासिन्दा हुन । वहाँ एक सामाजिक अभियान्ता का साथै पहिचानबादी प्रखर वक्ता पनि हुनुहुन्छ ।समाज रुपान्तरण का लागि जनचेतना र शिक्षा नै सबै भन्दा ठूलो अस्त्र हो भन्ने वहाँको बुझाइ छ ।।