चुलाचुली अस्पताललाई स्वास्थ्य विमा सेवा सन्चालनको लागि अनुमति प्राप्त

चुलाचुली गाउँ पालिकाका अध्यक्ष राजेन्द्र केरूङ र स्वास्थ्य विमा वोर्ड टेकु काठमाडौंका प्रतिनिधीहरू बिच भएको द्विपक्षिय सम्झौतामा संयुक्त हस्ताक्षर पस्चात अस्पतालले उक्त सेवा प्रवाह गर्ने बाटो खुलेको हो।
सम्झौतामा पालिका अध्यक्ष केरूङ, अस्पतलका मेडिकल अधिकृत डा. अर्पन कटुवाल तथा स्वास्थ्य विमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु प्रसाद ज्ञवाली, बोर्डका उप सचिव बाबुराम खनाल बिच हस्ताक्षर सम्पन्न भएको हो।

यो सम्झौतासंगै पालिकाले सन्चालन गरिरहेको अस्पतालबाट नेपाल सरकारको स्वास्थ्य सेवा यहि फागुन महिनाको १ गतेबाट सुरू गरिने कुरा चुलाचुली स्वास्थ्य शाखा प्रमुख दुष्यान्त दाहालले बताउनु भएको छ।
चुलाचुली गाउँ पालिकाले हाल आफ्नै प्रसाशकिय भवनको भुइ तलामा हस्पताल सन्चालन गरिरहेको छ। साथै चुलाचुलीको १५ शैयाको अस्पताल भवन निर्माणको अन्तिम चरणमा रहेको छ।
अस्पतालमा हाल मेडिकल डाक्टरको सेवा उपलब्ध हुँदै आएको छ। निकट भविष्यमा महिला रोग विशेषज्ञ सहितको सेवा पनि उपलब्ध गराउने कुरा अध्यक्ष केरूङले इलाम टाइम्सलाइ जाजकारी गराउनु भएको छ।
हाल ईलाम जिल्ला भरी मा ६ वटा स्वास्थ्य सस्था हरु इलाम अस्पताल , माइ नगर अस्पताल , मंगलबारे स्वास्थ्य चौकी , पशुपती नगर प्राथमिक स्वास्थ्य सस्था,फिक्कल प्राथमिक स्वास्थ सस्था र प्याङ प्राथमिक स्वास्थ्य सस्था ले स्वास्थ्य बिमा को कार्यक्रम सन्चालन गर्दै आएको मा अब चुलाचुली को चुलाचुली नगर अस्पताल ले पनि सो सेवा सुचारु गर्ने अनुमती प्राप्त भएको हो ।