आधारभुत अस्पताल मा नि:शुल्क आयुर्वेद शिविर
जेबिल राई, चुलाचुली /इलामको चुलाचुली गाउपालिका मा सन्चालित नि:शुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर बाट २ सय १० जनाले स्वास्थ्य परिक्षणका साथै नि:शुल्क परामर्ष सेवा प्राप्त गरेका छन ।
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाको आयोजना तथा चुलाचुली गाउपालिकाको समन्वयमा चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित चुलाचुली आधरभुत अस्पतालमा चैत्र २१ गते सन्चालित सो शिविर डा. रविन्द्र निरौला तथा पन्चकर्म बिज्ञ राम प्रमोद चौधरिको नेतृत्वमा ५ जना चिकित्सक को टोलिले सम्पन्न गरेको हो । उक्त शिविरमा रक्तचाप, ग्याष्ट्रीक , मधुमेह,पायल्स,चालाको रोग तथा मुटुको समस्या लगायतका स्वास्थ्य समस्या लिएर बिरामी हरु आएको पाइएको छ । पछिल्लो समय नेपाली हरुको जिवनशैली समेत ब्यस्त हुँदै गएकाले विभिन्न खानपान , रहनसहन का कारण स्वास्थ्यमा दिनानुदिन समस्या बढदै गएको र आयुर्वेद उपचार पद्धतिले रोगको कारण खोजेर जरैदेखी उपचार गर्नुका साथै जीवन जिउने आधार समेत तयार गर्ने भएकाले उक्त बिधिबाट उपचार गर्ने मानिसहरुको संख्या दिनानुदिन बढदै गएको पाइएको छ ।प्रादेशिक आयुर्वेद अस्पतालको वार्षिक कार्यक्रम अनुसार आयुर्वेद उपचार पद्धतिको पहुँच भन्दा टाढा भएका बिरामिहरुलाइ सेवा प्रदान गर्दै उक्त उपचार पद्धतिका बारेमा जानकारी गराउने उद्धेस्यका साथ शिविर सन्चालन गरिएको बताउनुहुन्छ प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका सुचना अधिकारी टेकनाथ अर्याल, साथै वहाँले थप्नुभयो चुलाचुली गाउपालिका भित्र खासगरी पायल्स फिस्टुला फिसर का बिरामी धेरै पाइएको र वहांहरुको थप उपचारका लागि प्रादेशिक अस्पतलमा आउन समेत सुझाब दिएको बताउनुभयो ।
चुलाचुली आधारभुत अस्पतालले नियमित सेवा प्रवाहका साथै स्थानिय सरकारको सहयोगमा विभिन्न स्वास्थ्य सस्थाहरुको सहकार्यमा स्तृरोग ,हाडजोर्नी तथा नशारोग ,बालरोग , आँखा सम्बन्धी विशेषज्ञ हरुको विशेष सेवा समेत प्रवाह गर्दै आएको छ भनें केही भौतिक ,यान्त्रीक र जनशक्ति ब्यवस्थापन हुननसक्दा उक्त आधारभुत अस्पताल २४ सै घण्टा सन्चालन हुनसकेको छैन जसले गर्दा आफ्नै पालिकामा अस्पताल भएतापनी उपचारका लागि अन्यत्र धाउनु पर्ने चुलाचुली बादिको समस्या सामधान भएको छैन ।
