देवेन्द्र पौडेल , चुलाचुली /इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ को वडा कार्यालय भवनमा नेपाल बहुउद्धेश्य सहकारी सस्था (NMC) ले एक दिने सदस्य शिक्षा कार्यक्रम आज चैत्र २३ गते सम्पन्न गरेको छ ।

सस्थाको शिक्षा तथा तालिम उपसमिति र चुलाचुली सेवाकेन्द्रको संयुक्त आयोजनामा सन्चालित उक्त सदस्य शिक्षा कार्यक्रम लाई दुधे सेवाकेन्द्र का संयोजक गुरु प्रसाद पाठक मुख्य सहजकर्ताको रुपमा हुनुहुन्थ्यो ।

२०५० साल मा स्थापना भएको उक्त सहकारी सस्थामा हालसम्म जम्मा १ लाख ७० हजार८ सय ६४ जना सदस्य रहनुभएको छ । ५ वटा ब्यावसायहरु बचत तथा ॠण, डेरी,चिया उध्योग, सहकारी पसल, र एकिकृत कृषि फार्म सन्चालन गर्दै ५९ वटा शाखा बाट ८११ जना कर्मचारी मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

उक्त सस्थाको चुलाचुली सेवाकेन्द्रमा १ हजार ८ सय २० जना शेयर सदस्य रहनु भएको छ भनेँ सेवाकेन्द्र को शेयर पुँजी ६२ लाख १५ हजार ७०० रुपैया रहेको छ त्यसैगरी सेवाकेन्द्रले ॠण ६९ लाख १ हजार ९ सय ११ रुपैया लगानी गरेको छ ।
उक्त सस्थाले इलामको माइजोगमाइ गाउपालिका वडा नम्बर १, सुर्योदय नगरपालिका वडा नम्बर १ र इलाम न पा वडा नम्बर ५ मा चिया प्रशोधन उद्योग समेत सन्चालनमा ल्याएको छ ।

Facebook Comments Box