सौरब बास्कोटा चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा दुइ दिने चुलाचुली साहित्य महोत्सव आज बैशाख १८ गतेदेखी सुरु भएको छ ।
चुलाचुली भाषा,साहित्य,कला,सस्कृती,पर्यटन समान्वय समितीले चुलाचुली ५ चपेटी स्थित भन्ज्याङ एग्रो टुरिजम रिसोर्ट मा आयोजना गरेको सो साहित्य उत्सब मा स्थानिय चुलाचुली का १५ जना सहित कोशी प्रदेश का ७० जना भन्दा बढी कवी गजलकार हरुको सहभागिता रहेको छ ।
आज भएको औपचारिक उदघाटन कार्यक्रम समान्वय समितीका अध्यक्ष बलिभद्र कोइरालाको सभाध्यक्ष मा चुलाचुली गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष बबिन राइको प्रमुख आतिथ्यता तथा चुलाचुली गाउपालिका वडा नम्बर १ देखी ६ सम्म का वडाध्यक्ष हरुको विशिष्ठ आतिथ्यता मा पानसमा दियो बालेर कार्यक्रम को औपचारिक उदघाटन गरिएको हो ।
स्थानिय कला सस्कृती मौलिक परम्परा लाई साहित्यकार हरु द्वारा प्रवद्धन गर्ने उद्धेश्यका साथ सन्चालित सो दुइ दिने साहित्य उत्सब कार्यक्रममा नौमती बाजा तथा राइ समुदायको साकेला नृत्य समेत प्रस्तुत गरिएको थियो थियो ।
चुलाचुली भाषा साहित्य कला सस्कृती पर्यटन प्रवद्धन समन्वय समितीका उपाध्यक्ष सुन्दर कुरुप ले स्वागत मन्तब्य राख्नु भएको थियो भने जनप्रतीनिधी हरुको तर्फ बाट वडा नम्बर १ का वडा ध्यक्ष ध्रुव लावतीले मन्तब्य राख्नु भएको थियो ।समन्वय समिती का सचिब रुद्र प्रभात ले दिएको जानकारी अनुसार कार्यक्रम लाई बिभिन्न खण्डमा सन्चालन गरिने र मुख्यतय श्रस्टाहरु लाई नै बढी प्राथमिकता दिने र साँझ ७ बजे देखी ९ बजे सम्म गजल साँझ समेत चल्ने जानकारी दिनुभयो ।
कार्यक्रमको पहिलो दिने बैशाख १८ गते लेखक तथा कवी अभागी थेगुवा लाई साहित्यिक क्षेत्रमा अतुलनिय योगदान पुर्याएबापत सम्मान गर्दै सुरु गरिएको थियो भने श्रष्टा र सृजना शीर्षक मा दुइवटा खन्डहरु मार्फत धेरै कवी श्रस्टाहरु ले रचना वाचन गर्नु भएको थियो भने ग्रामिण पर्यटन प्रवर्दन मा साहित्यको भूमिका बिषेयक एक बहस को कार्यक्रम समेत सम्पन्न भएको छ ।
निक्कै सुन्दर स्थान प्राकृतिक सुन्दर्यताले भरिपुर्ण दमक बजारको नजिकै भएका ले साहित्यिक साधक हरुका लागी उपयुक्त स्थानमा साहित्य उत्सब भएकाले निक्कै नै रमाइलो र अर्थपूर्ण रहेको बताउनु हुन्छ कार्यक्रम मा सहभागी हुन आउनु भएकी सर्जक दिपा दहाल ।
पछिल्लो समय भौतिक संगै बौद्धिक बिकास मा समेत स्थानिय सरकारहरु लाग्न थालेको जसले गर्दा स्थानिय स्तरमा मानव बिकास सृजनसिलता समाज रुपान्तरण जस्ता दिर्घकालिन सामाजिक बिकास का आधारशिला हरु निर्माण हुँदै गइ रहेका छन सोही क्रममा इलामको चुलाचुली गाउपालिका ले समेत समन्वय समिती मार्फत यो दुइ दिने साहित्यिक महोत्सव ले निक्कै चर्चा र ख्याती कमाइरहेको पाइन्छ ।

Facebook Comments Box