मनुशा पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा रहेको मिलिजुली समुहका मुख्य पदाधिकारी हरुको ५ दिने बित्तिय ब्यवस्थापन तथा नेतृत्व क्षमता बिकास तालिम कार्यक्रम आज सम्पन्न भएको छ ।

महिला बालबालिका तथा समाजकल्याण शाखा चुलाचुली को आयोजना रहेको उक्त कार्यक्रम गत बैशाख ८ गते देखी सुरु भएर आज बैशाख १२ गते समापन गरिएको हो । चुलाचुली गाउपालिका भित्रका अपाङ्गता भएका ब्यक्तीहरु द्वारा सन्चालित जागृती अपाङ्गा संघ अन्तरगत वडा स्वाबलम्बन समुहका मुख्य पदाधिकारीहरुका लागी बचत तथा ॠण ब्यवस्थापन र नेतृत्व क्षमता बिकास सम्बन्धी पाच दिने तालिम सन्चालन गरिएको थियो।
चुलाचुली गाउपालिकामा रहेका झण्डै ४ सय जना अपाङ्गता भएका ब्यक्तीहरु द्वारा सन्चालित मिलिजुली बचत कार्यक्रम अन्तरगतको रकम लाई ब्यवस्थित गर्नका लागी कसरी सहकारीकरण गर्न सकिन्छ र सहकारीको चार खाता सन्चलन बिधी र प्रकृयाका लागी सम्पुर्ण सदस्यहरु तालिममा सहभागी हुन नसकिने भएकाले प्रतीनिधीमुलक उपस्थितीमा तालिम सन्चालन गरिएको बताउनु भयो जागृती अपाङ्ग संघ चुलाचुली का अध्यक्षा चन्द्र दंगाल ले । साथै वहाँले थप्नुभयो बेला बेलामा गाउपालिका ले यस्ता कार्यक्रम सन्चालन गर्दै अपाङ्गता भएका ब्यक्ती हरुको क्षमता बृद्धीमा सहयोग पुगेकाले गाउपालिका लाई धन्यवाद समेत दिनु भएको छ ।

त्यसै गरी उक्त पाच दिने कार्यक्रम लाई सहजिकरण गर्दै आउनु भएका सहजकर्ता मदन कुमार बोहोराले उक्त कार्यक्रम मा सहभागी भएकाहरु लाई लेखा ब्यवस्थापन कार्यमा सहयोग पुग्नु का साथै स्थानिय अपाङ्गता भएका ब्यक्तीहरु द्वारा सन्चालन गर्न लागिएको सहकारीको हिसाबकिताब ब्यवस्थापनमा समेत सहयोग पुग्नुका साथै सार्वजानिक संघसस्था को नेतृत्वको जिम्मेवारी पदमा बस्दा के कस्तो भूमिका निर्वाह गर्नुपर्ने भन्ने कुराको जानकारी तालिम मार्फत प्रदान गर्ने कोसिस गरिएको बताउनु भयो ।

उक्त कार्यक्रम सन्चालनको अवसर पारेर चुलाचुली गाउपालिकाले अपाङ्गता भएका बिद्यार्थी हरुको अध्ययन लाई थप प्रविधीमैत्री बनाउने उद्धेश्यका साथ चुलाचुली गाउपालिका वडा नम्बर ३ निवासी बिवश भट्टराइ लाई रु. एक लाख बराबर को ल्यापटप समेत उनका अभिभावक मार्फत हस्तान्तरण गरेको थियो । भट्टराइ हाल काठमाण्डौको नक्साल स्थित नक्साल कलेज मा तीन वर्षे डिप्लोमा इन शिभिल इन्जीनियरिङ्ग को दोश्रो सेमेस्टार मा अध्ययनरत छन भने उनि बोलाई तथा सुनाइ मा समस्या भएका अपाङ्ग ब्यक्ती हुन ।

Facebook Comments Box