देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा आज किरात राइहरु ले उभौली तथा बौद्ध धर्मावलाम्बी हरुले बुद्ध जयन्ती भब्यताका साथ मनाइएका छन ।
आज पर्न गरेको २५७० औ बुद्धजयन्ती को अवसरमा चुलाचुली ३ स्थित पालयुल रिङ्गछिन होइसेलिङ गुम्वामा बौद्ध धर्मगुरु हरुले बिहानै देखी पुजापाठ गर्नुका साथै शान्ती स्त्रोत वाचन गरेका थिए भनें शान्ती र्याली समेत निकालिएको थियो । चुलाचुली गाउपालिका भित्र रहेका सम्पुर्ण बुद्ध धर्मावालाम्बी हरुको सहभागितामा रिङ्गछिन होइसेलिङ गुम्वाबाट निकालिएको शान्ती र्याली गाउपालिका कार्यलयको परिक्रमा गर्दै पुन: गुम्वामा पुगेर समापन गरिएको हो ।
भागवान गौतम बुद्धको जन्म,ज्ञान प्राप्ती तथा देहत्याग एकैदिन बैशाखे पुर्णिमामा भएकाले उक्त दिन बुद्धको नाममा शान्ती स्त्रोत वाचन गर्दै पैदल हिडेमा शान्ती र मोक्ष मिल्ने बिश्वास रहेको बताउनु हुन्छ नेपाल तामाङ्ग घेदुङ संघ चुलाचुलीका अध्यक्ष प्रेम तामाङ ।
यसैगरी किरात राइ हरुले पनि आज बैशाखे पुर्णिमा लाई उभौली पर्वका रुपमा मनाएका छन । चुलाचुली गाउपालिका भित्र रहेका राइ समुदायहरु ले वडागत रुपमा आज उभौली मनाएका हुन चुलाचुली गाउपालिका वडा नम्बर १,२,३,४,५ र ६ नम्बर मा स्थापना गरिएका बिभिन्न साकेला थानहरुमा सास्कृतिक परम्परा अनुसार सुम्निमा पारुहाङ को पुजा आराधना गर्दै साकेला नृत्य नाच्दै एक आपसामा शुभकामना आदान प्रदान गर्दै उभौली पर्व मनाइएको छ । चुलाचुली ४ आइतबारे मा किरात राइ यायोक्खा ४ नम्बर वडा कमिटीले आयोजना गरेको उभौली कार्यक्रममा बोल्दै किरात राइ यायोक्खा इलाम जिल्ला सदस्य मिलन राइले यतिखेर राज्यले राइ समुदायहरुको बिभिन्न चाडपर्व हरुलाई नजरअन्दाज गरिरहेको बताउनुभयो ,अन्य चाडपर्व मा स्थानिय प्रदेश तथा संघिय सिंहदरवार हरुबाट निस्कने शुभकामना सन्देशहरु राइ समुदायको उभौली पर्वमा ननिस्कदा सिङो राइ समुदाय मर्माहित भएको बताउनुभयो । साथै वहाँले बिभिन्न सन्चार माध्यम हरुले समेत आफ्नो समुदायको चाडपर्व मा साकेला धुन समेत नबजाएर सिङ्गो राइ समुदायको चाडबाड प्रती अन्याय गरेको बताउनु भयो ।
चुलाचुली गाउपालिकामा रहेको २३ हजार ९ सय ५७ जनसंख्या मा राइ समुदायको जनसंख्या २८ प्रतिशत (६ हजार १९ जना) जनसंख्या रहेको छ भने किरात धर्मावालाम्वी हरु ५१ दसमलव ८ प्रतिशत रहेका छन ।

Facebook Comments Box