देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका भित्र रहेका बिभिन्न १९ वटा जातिय,धार्मिक तथा सास्कृतिक संघसस्था हरुले आ-आफ्ना मागहरु प्रस्तुत गर्दै गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ समक्ष ज्ञापन पत्र बुझाएका छन ।

नयाँ आर्थीक वर्षको लागी योजना छनौट तथा बजेट तर्जुमाको पुर्व सन्ध्यामा गाउपालिका अध्यक्ष लाई किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा ,नेपाल मगर संघ, नेवा; दय दबु , ब्राम्हण समाज,इसाइ समाज,स्वर्गिक मार्ग संघ लगायतका संघसस्था हरुले आ-आफ्ना माग र आवश्यकताहरु ज्ञापन पत्र मर्फत गाउपालिका समक्ष माग गरेका छन ।

स्थानिय स्तरमा रहेका मौलिक सस्कृती,रितिरिवाज,भाषा,पर्व आदीको संरक्षण र प्रवर्द्धन गर्नु स्थानिय सरकारको जिम्मेवारी समेत रहने भएकाले चुलाचुली गाउपालिका मा बिगत देखी नै यस्ता कार्यका लागी बजेट बिनियोजन गरिने गरेता पनि यसमा असमानता भएका ले आगामी दिनमा यस्ता मौलिक सस्कार सस्कृती संग जोडिएका संघ सस्थाहरुलाई समान तवरले बजेट बिनियोजन गर्नुका साथै आवश्यक कानुन निर्माण गरेर अघाडी जाने स्थानिय सरकारको योजना रहेकाले उक्त बिषेस कार्यक्रम आयोजना गरिएको बुखिएको छ ।

उक्त सामुहिक ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम मा गुरुकुल पाठशाला सन्चालन देखी भवन निर्माण र बिभिन्न जातिय पोशाक र बाजागाजा का सामाग्री हरु खरिदका साथै सास्कृतिक प्रशिक्षण र अध्ययन केन्द्रहरु स्थापनाका लागी बजेट बिनियोजन तथा आवश्यक श्रोत ब्यवस्थापनका लागी सहयोगको माग गरिएको छ ।

कार्यक्रम मा बोल्दै ब्राम्हण सेवा समाजका प्रतीनिधी लोकनाथ पौडेल ले चुलाचुली गाउपालिकामा एउटा सस्कृत गुरुकुल पाठषाला सन्चालन गर्नुपर्ने माग राख्नुभयो, त्यस्तै किरात याक्थुङ चुम्लुङ चुलाचुलीका अध्यक्ष घनेन्द्र केरुङले चुम्लुङ को लागी भवन आवश्यक रहेको जानकारी गराउनु भयो त्यसै गरी पुष्पान्जली कृतन मण्डलीका लागी बाध्यबाधक सामाग्रीको आवश्यक रहेको समिक्षा अधिकारी ले बताउनु भयो भनें अधिकांश समुहहरु ले समय अभाब का कारण ज्ञापन पत्र तयार गर्न नसकेको जानकारी दिनु भयो ।

प्राप्त ज्ञापन पत्र हरु बुझ्दै गाउपालिका अध्यक्षा राजेन्द्र केरुङ ले भन्नु भयो गाउपालिका ले कुनै शिर्षक मा बजेट बिनियोजन गर्दा बिभिन्न प्रकृया हरु पुरा गर्नु पर्ने र आवश्यक मागपत्र हरु समेत आवश्यक हुने भएकाले र गाउपालिका ले सम्पुर्ण मा माग पत्र का लागी अनुरोध गरेको ब ताउनु भयो ।

कार्यक्रम लाई बिवस बलिभद्र कोइरालाले सहजिकरण गर्नु भएको थियो भने कार्यक्रम मा आधिवासी जनजाती समान्वय समिती का संयोजक मिलन राइ , मुन्धुम अध्ययन केन्द्र का संयोजक राम प्रसाद राइले समेत पालिकाको यो कार्य प्रती खुशी ब्यक्त गर्नु भएको थियो ।

Facebook Comments Box