देवेन्द्र पौडेल चुलाचुली/ इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ बार्हगोठे स्थित श्री जनता माध्यमिक बिद्यालयमा पछिल्लो समय अध्यायन का लागी बिद्यार्थीहरुको आकर्षण बढदै गएको छ ।
२०२६ सालमा लाल बहादुर कुमाल ले २२ रोपनी जग्गादान गर्दै स्थापना भएको सो बिद्यालय मा अहिले कक्षा ११ र १२ मा शिक्षा तथा ब्यवस्थापन बिषय का अलवा ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग को समेत पठनपाठन हुने गरेको छ ।
बिगतमा चुलाचुली गाउपालिकाको माध्यमिकतहको शिक्षाको सिङ्गो जिम्मेवारी बोकेको उक्त बिद्यालयले अहिले पनि नमुना बिद्यालयको रुपमा इलाम जिल्लाभरी नै छुट्टै पहिचान बनाउन सफल भएको छ । गत बर्ष को एसइइ परिक्षामा ९६ प्रतिशत विद्यार्थी उत्तीण गराउदै इलाम जिल्लकै समुदायिक बिद्यालयहरु को प्रथम मात्रै बनेन चुलाचुली गाउपालिका लाई नै एसइइ मा जिल्ला प्रथम बनाउन सफल भएको छ ।
३५ जना शिक्षक कर्मचारी कार्यरत सो बिद्यालयमा अध्ययनरत कुल ६ सय २० जना विद्यार्थी मध्य ५३ जना विद्यार्थी प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद द्वारा मान्यता प्राप्त ३ वर्षे डिप्लोमा इन शिविल इन्जिनियरिङ्ग बिषय अध्ययन गरिरहेका छन । थोरै लगानिमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको उक्त बिद्यालयको प्राविधिक शिक्षाले भनें ग्रामिण भेगका अभिभावक हरुलाई ठुलो राहत महसुस गराएको छ । निजी तथा अन्य सामुदायिक प्राविधिक शिक्षालयहरुमा महंगो शुल्कका कारण आफ्ना बालबालिका हरुलाई प्राविधिक शिक्षा पढाउन नसकेका अभिभावक हरुको समेत रोजाइमा पर्न थानेको छ चुलाचुलीको जनता माधयमिक बिद्यालय ।

अभिभावक तथा विद्यार्थीहरुको सहजताका लागी चुलाचुली गाउपालिका को सहयोगमा २०७९ साल देखी बिद्यालय बस सन्चालन मा रहनु का साथै गाउपालिका भित्र नै प्राविधिक जनसक्त्ती उत्पादनका लागी गाउपालिकाको अध्यक्ष कोष मार्फत २ जना र हरेक वडा बाट २/२ जनाका दर ले जम्मा १४ जना बिपन्न तथा जेहन्दार विद्यार्थीहरु लाई नि:शुल्क ३ वर्षे डिप्लोमा इन शिभिल इन्जिनियरिङ्ग को छात्रबृत्ती मार्फत पठनपाठन गराइदै आएको बिद्यालयका प्रधानध्यापक लेक्ष्मेश्वर बनबारीयाले जानकारी दिनु भयो । वहाँका अनुसार स्थानिय अभिभावकहरुले प्राविधिक शिक्षाको महत्व कम बुझेकाले स्थानिय विद्यार्थीहरु भन्दा बाहिरका विद्यार्थी हरु धेरै अध्ययनका लागी आउने गरेको बताउनु भयो ।

गत वर्षको एसइइ को परिक्षाफल मा समेत उक्त बिद्यालयले राम्रो सफलता प्राप्त गरेको छ । चुलाचुली गाउपालिकाले ८५.१९ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको थियो जुन इलाम जिल्लाका १० स्थानिय तहको सबै भन्दा धेरै पास प्रतिशत हो जसमा जनता माध्यमिक बिद्यालय ले ९६ प्रतिशत बिद्यार्थी पास गराउदै सामुदायिक बिद्यालयहरुको जिल्ला प्रथम समेत बनेको छ । यो उत्कृष्ठ नतिजाका लागी स्थानिय सरकार,शिक्षक,अभिभावक,विद्यार्थी,बिद्यालय ब्यवस्थापन टिम सबै पक्षको उत्तिकै मेहनेत रहेको र यो सफलताका लागी बिद्यालयले सन्चालन गरेको ४ महिने बिषेस कोचिङ कक्षाले समेत निक्कै ठुलो भूमिका खेलेको बताउनु हुन्छ बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन देवान । वहाँका अनुसार ब्यवस्थापन टिमले सोचे जस्तो स्थानिय अभिभावकहरुको चेतनाको स्तर बनी नसकेकाले बिद्यालयलाई यो अवस्था सम्म ल्याइपुर्याउन निक्कै चुनौती भएको र यो सफलताका लागीका लागी स्थानिय सरकारले भनें काँधै हालेर सहयोग गरेको वहाँको अनुभब छ ।
भौगोलिक हिसाबले जिल्लाको सदरमुकाम सम्म सहजै जोडिन नसकिने भएकाले हरेक ठाउमा समस्या आउने गरेको साथै झापाका बिभिन्न ठुला शहरहरु मा स्थापित शिक्षालयहरु संग प्रतिष्पर्धा गर्नुका बावजुत पनि २०८० सालको एसइइ मा सामुदायिक बिद्यालयको जिल्ला प्रथम तथा २०८१ सालमा पालिका लाई नै जिल्ला प्रथम गराउन सफल जनता माध्यमिक बिद्यालयलाई स्थानिय पालिका तथा वडाले निक्कै ठुलो लगानी गरेको पाइएको छ । कतिपय बिद्यालयहरु मा सरकारको लगानी अनुरुपको उपलब्धी नहुँदा अभिभावकहरु निजी बिद्यालय तर्फ उन्मुख भइ सामुदायिक बिद्यालयहरु संकटमा पर्दा स्थानिय सरकारहरुको टाउको दुखाइ बनीरहेको अवस्थामा चुलाचुली २ स्थित जनता माध्यमिक बिद्यालयको यस्तो किसिमको उपलब्धीले गाउपालिकाको सिन्ङ्गो शिक्षा क्षेत्रनै सफल भएको र यसलाई निरन्तरता दिनका लागी तथा गाउपालिका भित्र रहेका अन्य बिद्यालय हरुलाई समेत यसरि नै नमुना बिद्यालय बनाउनका लागी सम्बद्ध सबै पक्ष लागी पर्नुपर्ने देखिछ ।

Facebook Comments Box