चुलाचुलीका दुइ बिद्यालय बाट शत प्रतिशत पास, ८१ दसमलव ६ प्रतिशत विद्यार्थी उत्तिर्ण
देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयहरु मध्ये दुइ वटाले सत प्रतिशत नतिजा सहित माध्यमिक शिक्षा परिक्षा (एसइइ) २०८२ मा ८१ दसमलब ६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन ।
एसइइ २०८२ मा चुलाचुली गाउपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयहरु बाट २ सय जना विद्यार्थी ग्रेडेड भएको चुलाचुली गाउपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।
चुलाचुली गाउपालिका शिक्षा शाखाका कर्मचारी प्रदिप मगरले दिएको जानकारी अनुसार परिक्षामा सामेल नौ बिद्यालय हरु मध्ये २ वटा बिद्यालय हरु, श्री चुलाचुली अंग्रेजी बोर्डिङ स्कुल र जनता माध्यमिक बिद्यालय चुलाचुली २ ले शत प्रतिशत नतिजा हासिल गरेका छन । परिक्षामा सहभागी २ सय ४५ विद्यार्थी मध्ये ३.६ देखी ४ जिपिए ल्याउने ८ जना विद्यार्थी रहेका छन ,उनिहरु मध्ये जनता माध्यमिक बिद्यालय चुलाचुली २ बाट ५ जना जनता मा. बि. चुलाचुली १ बाट २ जना तथा चुलाचुली अंग्रेजी बोर्डिङ्ग स्कुल बाट १ जना बिद्यार्थी रहेका छन । त्यसै गरी ३.२ देखी ३.६ जिपिए ल्याउने ५१ जना । २.८ देखी ३.२ जिपिए ल्याउने ७८ जना , २.४ देखी २.८ जिपिए ल्याउने ६१ जना र २ देखी २.४ जिपिए ल्याउने २ जना बिद्यार्थी रहेका छन भने ननग्रेड ल्याउने विद्यार्थी को संख्या ४५ जना रहेको छ ।
गाउपालिका भित्रका किरातेश्वर मा.बि. चुलाचुली ३ ,जनता मा.बि. चुलाचुली २ र राष्ट्रप्रेमी मा बि चुलाचुली ६ ले उत्कृष्ठ नतिजा का लागी परिक्षा पुर्व कोचिङ कक्षाका साथै बिद्यालय मै अस्थाइ छात्रावास को ब्यवस्था समेत गरेका थिए जसका कारणले पनि बिगत भन्दा गएका केहि बर्षयता चुलाचुली गाउपालिका को एसइइ नतिजामा सुधार आएको देखिन्छ ।
स्थानिय सरकारले सबै भन्दा धेरै लगानी शिक्षा क्षेत्र मै गरिरहेको तर पनि अपेक्षाकृत प्रतिफल त्यती सन्तोषजनक नरहेता पनि आगामी दिन हरुमा सुधार हुने सम्भावना भनें प्र्ष्ट रहेको छ ।
