चुलाचुलीमा कुष्ठ रोग सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

अस्पतालको ३ महिनाको प्रगती विवरण प्रस्तुत

सबिन राई-
२५ जेष्ठ, पेल्टिमारी। जिल्ला स्वास्थ्य कार्यालय ईलामको आयोजनामा चुलाचुलीका सरोकारवाला व्याक्तिहरूसंग कुष्ठ रोग सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


चुलाचुली गाउँ पालिकाको सभाहलमा सम्मन्न कार्यक्रममा पालिकाका अध्यक्ष राजेन्द्र केरूङ, उपाध्यक्ष दिल कुमारी लावती, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सुवेदी, वडा नं. १ का कार्यवाहक अध्यक्ष लाल बहादुर राई, क्रमश वडा नं.-२,३ र ५ का वडाध्यक्षहरू लक्ष्मण श्रेष्ठ, प्रेम श्रेष्ठ, बबिन राई , शिक्षा शाखा प्रमुख राम मिश्र, चुलाचुली स्वास्थ्य शाखाको विभिन्न उपस्वास्थ्य केन्द्रका कर्मचारीहरू संचार कर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला स्वास्थ्य शाखा ईलामको कुष्ठ रोग निवारण कार्यक्रमको फोकल पर्सन युवनाथ बरालको संयोजनमा चुलाचुली अस्पतालका डाक्टर अर्पण कटुवालले सहजीकरण गरेका थिए।
कार्यक्रममा कुष्ठरोगको वर्तमान अवस्था, लक्षण पहिचान, बच्ने उपाय आदीको विषयमा अडियो भिजुवल प्रविधिबाट प्रष्ट पारिएको थियो।
माईको ब्याक्टेरियम लाप्रे नामक ब्याक्टेरियाको माध्यमबाट लाग्ने यो रोग सरूवा रोग मध्येको कम सर्ने रोग हो। यो रोग स्वासप्रस्वासको माध्यमबाट एक देखि अर्कामा सर्ने गर्छ। साथै यसको औषधी सेवन गर्ने बिरामीहरूबाट अरूमा यो रोग नसर्ने कुरा चिकित्सकहरूले बताउने गरेका छन्।
कुनै बेला सराप, पुर्व जन्मको पापको कारण यस्तो हुने भनिएको यस रोग हाल नियन्त्रण उन्मुख रहेको छ।
तर यो रोग कतिपय बिरामीहरूले बाहिर ल्याउन अझै पनि असहज मान्ने हुदा गाउँ घरमा लुकेर रहेको पाईएको कुरा सहभागीहरूले बताएका थिए।
चुलाचुली अस्पतालको ३ महिनाको प्रगती विवरण प्रस्तुत:
अहिले सबै सेवाहरू बिहान १० बजे देखि साझ ५ बजे सम्म सन्चालन हुँदै आएको कुरा डाक्टर अर्पण कटवालले बताए। कटवालका अनुसार सिमित जनशक्तीको कारण अत्यावश्यक सेवालाई २४ घण्टा उपलव्ध गराउन नसकेको अवस्था छ।
चुलाचुली गाउँ पालिकाले गत २०७९ फागुनबाट चुलाचुली अस्पताल सेवा सन्चालन गर्दै आएको छ। हाल एक जना विशेषज्ञ डाक्टर सहित ११ जना कर्मचारीहरूबाट सेवा सन्चालन गर्दै आएको अस्पतालमा इमर्जेन्सी सेवा, ओपिडी सेवा, ल्याव सेवा, भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा लगायतको सेवाहरू सन्चालन भईरहेको छ।

अस्पतालले अहिले सम्म विभिन्न प्रकारका लगभग ३ हजार जना विरामीहरूको उपचार गरिसकेको छ। २३४० भन्दा बढि ल्याव सेवा उपलब्ध गराई सकेको छ। अस्पतालमा अहिले नेपाल सरकारको स्वास्थ्य विमा सेवा तथा न्युनत्तम शुल्कमा शसुल्क सेवा उपल्व्ध हुँदै आएको छ।
अस्पाललाई अहिले भवनको ठूलो समस्या रहेको कुरा डा. कटवालले बताएका छन्। उनका अनुसार दक्ष जनशक्ती, राम्रो ल्याब मेसिनहरू र अस्पतालबाट निस्किने फोहरको उचित व्यावस्थापन अहिलेको मुख्य समस्या रहेको बताएका थिए।
चुलाचुलीमा १५ शैयाको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ।