४४ वर्ष मा एस.इ.इ. पास

देवेन्द्र पौडेल, इलाम टाइम्स पेल्टिमारी/इलाम को चुलाचुली गाउ पालिका वडा नम्बर ६ तोरिवारी निवासी तुलसी प्रसाद घिमिरे ले ४४ वर्ष को उमेर मा एस.इ. इ. पास गरेका छन ।
गत चैत्र मा सम्पन्न एस.इ.इ परिक्षामा दमक स्थित श्री हिमालय माध्यमिक बिध्यलय बाट समेल भएका तुलसी ले ३.२५ जि.पि.ए. प्राप्त गरेका छन । उनले प्राप्त गरेको ग्रेड सीट अनुसार बिज्ञान , गणित र शिक्षा बिषय मा समान जिपिए ३.६ प्राप्त गरेका छन भने सबै भन्दा कम अनिवार्य अङ्रेजी मा २.४ जिपिए प्राप्त गरेका हुन । ३ सन्तान का पिता तुलसी का २ सन्तान ले एस. इ. इ. पास गरिसकेका छन ।
शारिरिक रुपले असक्त तुलसी परिवार को गर्जो टार्न अटो चलाउने गर्छन । २० बर्ष पहिला एस.एल.सि. दिएको सम्झना गर्दै भन्छन कम्पाड दिएको थिएँ पास भईन, यस पटक भने हजुरआमा को उत्प्रेरणा ले गर्दा सफल भएँ । पढाइ लाइ निरन्तरता दिने र भविश्य मा राजनिती शास्त्र अध्यान गर्ने उनको रुची भएता पनि सो बिषय घर पायक पर्ने कलेज मा पढाइ नहुने भएकाले परिस्थिती असहज बनेको छ उनको लागी । यसरी उमेर ढल्केर पनि अध्यान लाई निरन्तरता दिने बिध्यार्थी हरुका लागि सम्बन्धित निकायले उचित ब्यवस्थापन गरेर अन्य यस्ता खाले बिध्यार्थी लाई पनि थप उत्प्रेरणा गर्न आवश्यक देखिन्छ ।।