देवेन्द्र पौडेल चुलाचुली/ इलामको चुलाचुली गाउपालिका मा वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी तिन दिने क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ ।

सहयात्रा नेपाल ले आयोजना गरेको सो तालिम लाई चुलाचुली गाउपलिका ले आयोजना मा समान्वय गरेको हो भनें टेवा नेपाल नामक सस्थाको आर्थीक सहयोग रहेको थियो । गत माघ ९ गते बुधवा र चुलाचुली गाउपलिका अध्यक्ष राजेन्द्र केरुङ ले उदघाटन गर्नु भएको उक्त तालिममा माघ ११ गते सुक्रवार सम्म चुलाचुली गाउपालिका भित्रका जनप्रतीनिधि तथा सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरु सहित ४० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

तालिममा मुख्य गरेर स्थानिय तहका जनप्रतीनिधी हरु ले वातावरणमैत्री स्थानिय शासन कसरी कसरी लागु गर्ने र यसका अवधारणा हरु के के हुन्छन ,यस प्रकारको शासनको महत्व र ऐनमा मा भएका ब्यवस्थाहरु को बारेमा कानुनी प्रावधानहरु को बारेमा जानकारी गराइएको साथै जलवायु परिवर्तनका कारण सहभागी हरुकै स्थानिय तह मा बिगत ३० वर्ष देखी परेका नकारात्मक असर हरुको बारेमा बिष्लेषण गराइएको थियो त्यसरि नै वातावरण संरक्षण र जलवायु परिवर्तन को न्युनिकरण र अनुकुलन का लागी छलफल गर्दै कार्ययोजना कसरी तयार गर्ने भन्ने सन्दर्भमा तालिम दिइएको थियो ।

उक्त तीन दिने क्षमता अभिबृद्धी कार्यक्रममा पालिकाका सबै जनप्रतीनिधी कार्यपालिका सदस्य का अलवा स्थानिय सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष र सचिब लाई समेत सहभागी गराइएको उक्त कार्यक्रमका सहजकर्ता तथा इलाम जिल्लाका बिभिन्न जल्दाबल्दा समस्या हरुमा समुदाय परिचालकका रुप मा परिचित राम रिमाल ले जानकारी दिनु भयो । बातावरण संरक्षण कार्यमा मुख्य कार्यकारी भूमिका निर्वाह गर्दै आएको सामुदायिक बन उपभोक्त समुहहरु को बिधान ,कार्ययोजना र कतिपय स्थानिय तह को कार्यनिती बिचमा हुने बेमेल का सन्दर्भ मा समेत छलफल भएको साथै आगामी दिनमा सामुदायिक बन उपभोक्ता समुहहरुको हक अधिकार का सवालमा स्थानिय तहले स्थानिय स्तर मा के कस्ता कानुन बनाउनु पर्ने र बन उपभोक्ता समुहहरु संग कसरी समान्वय गर्दै वातारण संरक्षण गर्नु पर्ने भन्ने सन्दर्भ मा छलफल भएको बताउनु भयो सो तीन दिने क्षमता अभिबृद्धी कार्यक्रम मा सहभागी कमल सामुदायिक बन चुलाचुली १ कि अध्यक्ष संगिता थलङ लिम्बु ले ।

बिश्वब्यापी रुपमा जलवायु परिवर्तनका कारण खासगरी स्थानिय स्तरमा किषानहरु लाई त्यसको प्रत्यक्ष असर परेको र यस लाई न्युनिकरण गर्न संघ प्रदेश का जनप्रतीनिधी ले निती निर्माण का काम हरु गर्ने गरेको र स्थानिय तह ले स्थानिय समुदाय संगको सह कार्यमा बन वातावरण को संरक्षण कसरी गर्ने भन्ने बारेमा तालिम मार्फत थप ज्ञान आर्जन गरेको बताउनु भयो तालिम मा सहभागी तथा चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडा सदस्य सुरेश थुलुङ राइ ले ।

नेपाल जस्तो कृषीमा आत्मनिर्भर मुलुक लाई जलवायु परिवर्तन का कारण ठुलो असर गरेको र यस्ता खाले असर को न्युनिकरण का लागी अन्तराष्ट्रीय स्तर मा निर्माण गरिने नितीनियम का लागी नेपाल बाट ठुलाठुला जम्बो टोलीहरु गएता पनि त्यसको खासै उपलब्धी नभएको र अब स्थानिय स्तर बाटै जनसमुदाय वातावरण संरक्षण मा लागी नपरेमा भावी सन्ततीले स्वच्छ स्वाश समेत लिन नपाउने अवस्था नआउला भन्न सकिन्न ।

Facebook Comments Box