चुलाचुली मा प्रतिभाको खोजी कार्यक्रम सन्चालन हुने

देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका भित्र लुकेर रहेका प्रतिभाहरु को उजागर गर्ने उद्धेश्य का साथ आगामी माघ २० गते देखी “चुलाचुली प्रतिभाको खोजी” कार्यक्रम सन्चालन हुने भएको छ ।
गायन तथा नृत्य कला भएका चुलाचुलीका प्रतिभाहरु जो उपयुक्त अवसरको खोजीमा रहेका छन त्यस्ता कलाकारहरु लाई गाँउ, टोल भित्र गएर खोजी गर्दै आवश्यक अवसर समेत उपलब्ध गराउने सो कार्यक्रम चुलाचुली गाउपालिकाको आर्थीक सहयोग मा सन्चालन हुने भएको हो ।
गाउपालिका को भौतिक बिकास संगै स्थानियहरु को सामाजिक आर्थीक तथा सास्कृतिक बिकास र मानिसमा भएका प्रतिभा हरुको समेत उचित सम्मान र प्रवद्धनमा स्थानिय सरकारले समेत चासोका साथै आर्थीक लगानी गरेकोमा स्थानिय युवाहरु निक्कै हर्षित भएको पाइएको छ ।
आगामी माघ २० गते देखी स्थलगत रुपमा प्रतिभाहरु को खोजी गरिने कार्यक्रम रहेको छ भनें जसमा प्रतिभावान कलाकार हरुको आधारभुत,सैद्धान्तिक कलाकारिता लाई मापनका लागी गायन बिधामा स्थानिय गायक युसन राइ तथा सौगात राइ ले निर्णायक को भूमिका निभाउनु हुनेछ भने नृत्य बिधाका लागी स्थानिय कलाकार मौसम राना राइ तथा सन्जिता साम्वा रहनु हुनेछ ।
आगामी माघ २० गते चुलाचुली गाउपालिका वडा नम्बर १ र २ का लागी चुलाचुली १ मा रहेको जनता माध्यमिक बिद्यालय तथा चुलाचुली २ मा रहेको जनता मा.बि. बार्हगोठेमा अडिसन सन्चालन हुनेछ भनें माघ २१ गते चुलाचुली ३,४ र ५ नम्बर वडाका लागी श्री किरातेश्वर मा.बि. , बालज्योती मा.बि. तथा भानु मा.बि. मा रहने छ भनें ६ नम्बर वडाका लागी मिक्लाचोङ मा.बि. दसमी मा अडिसन रहने कार्यक्रम रहेको उक्त खोजी प्रतिभा कार्यक्रम का संयोजक कैलाश थुलुङ ले जानकारी दिनुभयो ।
स्थानिय प्रतिभाहरु उत्पादन कार्यमा कोसेढुङ्गा सावित हुने सो “चुलाचुली खोजी प्रतिभाको” कार्यक्रम सन्चालनका लागी स्थानिय सरकार ले रु. १० लाख उपलब्ध गराउने भनिएता पनि सो रकमको स्रोत सुनिश्चितता गरिएको छैन साथै कार्यक्रम सन्चालन का लागी कार्यपालिका बाट निर्णय गरी कार्यक्रम सन्चालन निर्देशिका/कार्यविधी पास गरेर स्थानिय तहले नै गठन गरेको सम्बन्धित समान्वय समिती मार्फत सन्चलन गरेमा कार्यक्रम अझै प्रभाबकारी हुने देखिन्छ । साथै यस्ता कार्यक्रमहरु स्थानिय सरकर ले बहुबर्षे योजना का रुपमा तयार गरेर सन्चालन मा ल्याए मात्रै उपलब्धी हुने देखिन्छ, अन्यथा स्थानिय जनप्रतीनिधी हरु र केहि सिमित ब्यक्तीहरु ले सस्तो लोकप्रियता कमाउन सरकारी बजेट अनुत्पादक क्षेत्र मा लगानी गरेको भन्ने आरोप लाग्ने सम्भावना प्रशस्तै देखिन्छ ।