देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ बाट अवैध रुपमा माटो उत्खनन तथा ओसारपसार गर्दै गरेको अवस्थामा आज साँझ ३ वटा ट्रीफर एउटा ट्याक्टर तथा एक ब्याक हो लोडर पेल्टिमारी प्रहरी चौकीले नियन्त्रण मा लिएको छ ।
चुलाचुली ५ स्थित मदन भण्डारी राजमार्गको रतुवा खोला पुल उत्तर स्थानियहरुको निजी जग्गाबाट माटो उत्खनन गरिरहेको अवस्थामा ति ढुवानीका साधनहरु लाई नियन्त्रण मा लिइएको हो । यद्धपी उक्त जग्गा कस्को हो भन्ने कुरा खुलेको छैन र उक्त क्षेत्रबाट माटो उत्खनन का लागी कसैले अनुमती नलिएको ५ नम्बर वडाध्यक्ष बबिन राइ तथा गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले जानकारी दिनु भएको छ ।


नियन्त्रण मा लिएका साधनहरु मा “प्रदेश १ ०२००१ क ४४३२” नम्बर को हाइवा “को १ त ७८३” नम्बरको ट्याकटर “बा ४ ख ४८८८” नम्बर को ट्रीफर “ना ७ ख ९४६२” नम्बर को हाइवा तथा नम्बर प्लेट बिनाको पहेंलो रंगको “ब्याक हो लोडर” रहेका छन भने ति साधनहरु लाई नियन्त्रण मा लिएर प्रहरी चौकी पेल्टिमारी तथा सशस्त्र आधार शिविर कमल को नेतृत्वमा चुलाचुली गाउपालिका गाउ कार्यपालिकाको कार्यालय परिसर मा राखिएको छ ।
गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले दिएको जानकारी अनुसार बिना अनुमती माटो उत्खनन तथा ओसारपसार मा प्रत्यक्ष सहभागी यि साधनहरु लाई नियन्त्रणमा लिइएको र जो कसैको हो तुरुन्त गाउपालिकामा सम्पर्क गर्न र पहिलो पटक पक्राउ परेकाले निर्धारित जरिवाना तिरे पश्चात ति साधनहरु छोडिने जानकारी दिनु भयो । चुलाचुली गाउपालिकामा अबैध रुपमा माटो उत्खनन तथा ओसारपसार उक्त ५ नम्बर वडामा मात्रै नभएर १ नम्बर २ नम्बर ३ नम्बर लगायतका वडाहरु बाट भइ रहेको छ ।

स्थानिय सरकारले निजी जग्गाको माटो उत्खनन तथा ओसारपसार कार्यविधी तयार गरेता पनि उक्त कार्यविधी अनुसार स्थानिय हरुले प्रकृया पुरा नगरि माटो निकासी गर्ने गरेको र उक्त कार्यलाई रोक्न खोज्दा प्रदेश सांसद मन्त्रीहरु लगायत उच्च पदस्थ ब्यक्तीहरुले दवाब दिने गरेको स्थानिय जनप्रतिनिधी हरुको गुनासो रहेको छ । साथै स्थानिय वासीहरुले समेत माटो बिक्री नगरेको आफ्नो जमिन सम्याएको र बचेको माटो उक्त कार्य गरेबापत सम्बन्धित ब्यक्तीले लग्ने गरेको र यस कार्य मा स्थानिय सरकार ले अनावश्यक कर स्थानियलाई बोकाउन खोजेको स्थानियले जनप्रतीनिधीहरु लाई आरोप लागाउने गरेका छन ।
निर्माणाधिन एसियन हाइवेलाई ठुलो परिणाम मा अहिले माटोको आवश्यकता रहेको र सोही अवस्थामा चुलाचुलीका निजी जग्गाहरु लाई सम्याउने मिलाउने तथा सार्वजानिक,सस्थागत जग्गाहरु मा आवश्यक भौतिक संरचनाहरु निर्माण गर्दै अनावश्यक माटो बिक्री गरेर आन्तरिक राजस्व लाई मजबुत पार्न का लागी स्थानिय सरकारले तुरुन्त कदम चाल्नु पर्ने देखिन्छ अन्यथा माटो तस्करहरुले स्थानियहरु लाई ललाइ फकाइ माटो उत्खनन गरेर स्थानिय संरचना तथा चुरे संग जोडिएका क्षेत्र हरु को उत्खनन गरेर बाढीपहिरोको जोखिम निम्त्याउने देखिन्छ ।

Facebook Comments Box