जेष्ठ नागरिक चौतारा मा रक्तदान

दीपेन्द्र गौतम चुलाचुली
इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ आइतबारे बजार स्थित जेष्ठ नागरिक चौतारामा आज बैशाख २७ गते आइ.डब्लु.एफ.एन.करातेँ डो संघ इलाम ले खुल्ला रक्तदान कार्यक्रम ५५ पिण्ट रगत संकलन गर्दै सम्पन्न गरेको छ ।
रक्तदान जिवन दान भन्ने मुख्य नाराका साथ रेडक्रस दिवसको रेडक्रस सप्ताह पारेर आयोजना गरिएको उक्त रक्तदान आयोजक सस्थाको तेश्रो आयोजना हो भने चुलाचुली गाउपालिका भित्रको दसौ रक्तदान कार्यक्रम रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा अन्तरगत रक्तसन्चार बिभाग प्रमुख सिद्धार्थ दहालले चुलाचुली गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष सागर जबेगु,नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा का अध्यक्ष अवि नारायण खनाल तथा सचिव भिम बोहोरा,आयोजक सस्थाका अध्यक्ष चक्र गजमेर लाई रगत संकलन ब्याग हस्तान्तरण गर्दै कार्यक्रम को औपचारिक उदघाटन गरिएको थियो ।
पछिल्लो समय अस्पतालहरु मा रगतको अभाब हुँदै गएको र मानविय सेवा कार्य कोही कसै को मात्रै नभएर हामी सबैको हो यसलाई जसले जसरि पनि गर्न सकिन्छ । एक जनाको सारीरमा निश्चित समय पश्चात खेर जाने रगतले अर्को ब्यक्ती को ज्यान बचाउन सकिन्छ र मानब मा सेवाभाब हुनु पर्छ भन्ने मुख्य उद्धेश्य राखेर आयोजन गरिएको सो रक्तदान कार्यक्रम मा उपस्थित प्राविधिक टोलीहरु लाई स्थानिय सेतु प्रकाश राइले खानाको प्रवन्ध गरेको र अन्य ब्यवस्थापकिय खर्च आयोजक सस्थाले नै ब्यहोरेको बताउनु हुन्छ आइ.डब्लु.एन.एफ. कराँते डो संघ इलाम का अध्यक्ष चक्र गजमेर ।
नेपाल रेडक्रस सोसाइटी चुलाचुली उपशाखा र दमक उपशाखा रक्त सन्चार बिभागको प्राविधिक सहयोग तथा चुलाचुली गाउपालिका वडा नम्बर ४ को प्रायोजन रहेको सो रक्तदान कार्यक्रम आयोजक को तेश्रो कार्यक्रम हो भने चुलाचुली गाउपालिका भित्र को भुगोल मा सम्पन्न दसौ कार्यक्रम रहेको छ । चालु आर्थीक वर्षको भाद्र महिना देखी अहिले सम्म चुलाचुली क्षेत्र बाट ४ सय ९६ पिन्ट रगत रक्तदान कार्यक्रम मार्फत संकलन भइ सकेको छ ।