दुना टपरी बनाउने सातदिने तालिम समापन
देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका स्थित वडा नम्बर ५ मा महिला लक्षित दुनाटपरी बनाउने सातदिने तालिम आज असार १ गते सम्पन्न भएको छ । वातावरण मैत्री शिप बिकासका र क्षमता बिकास गराउने मुख्य उद्धेश्य रहेको सो तालिम चुलाचुली गाउपालिका भरी कै यस्तो प्रकृतिको पहिलो तालिम रहेको छ ।
चुलाचुली ५ को वडा कार्यालय भवनमा आज असार १ गते औपचारिक कार्यक्रम गर्दै सो तालिम लाई समापन गरिएको छ । उक्त समापन कार्यक्रमको अध्यक्षता आयोजक सस्थाकि पुर्व अध्यक्ष निर्मला दहालले गर्नु भएको थियो भने प्रमुख अतिथी चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ हुनुहुन्थ्यो त्यसै गरी विशिष्ठ अतिथी हरु मा गाउपालिका उपाध्यक्ष दिल कुमारी लिम्बु , प्रमुख प्रशासकिय अधिकृत बिकाश बि क रहनु भएको थियो ।
तालिम समापन का अवसरमा आयोजक सस्थाका तर्फबाट बोल्दै चुलाचुली गाउपालिका कि पुर्व उपाध्यक्ष निर्मला दहालले चुरे संरक्षण का लागी हामी सबै लागी पर्नुपर्ने र चुरे मै उपलब्ध हुने सालको पातबाट बन्ने दुना टपराका लागी समेत हामिले चुरे क्षेत्र लाई संरक्षण गर्नु पर्ने बताउनु भयो । वहाँ का अनुसार दुना टपरा मा खाना खानाले वातावरण समेत दुसित नहुने र स्थानिय महिला दिदीबहिनी हरु उद्धमशिल बनाउनका लागी यो तालिम आयोजना गरिएको बताउनुभयो ।
सो तालिममा सहभागी १७ जना महिला हरुको एक समुह बनाइ मेसिन समेत उपलब्ध गराएर निरन्तर १ वर्ष सम्म दुनाटपरा उत्पादनको कार्यलाई प्राथमिकता दिने र त्यस्पश्चात वडाको सहयोगमा बिभिन्न निकायमा कानुनत सस्था दर्ता गराएर सो महिला समुह लाई दिर्घकालिन आयआर्जन मा जोडने मुख्य उद्धेस्य रहेको सो तालिममा चुलाचुली गाउपालिका उपाध्यक्ष दिल कुमारी लिम्बु योङहाङ ले स्थानिय श्रोत र साधन लाई सदुपायोग गर्दै वातावरण प्रदुषण लाई समेत मध्यनजर गर्दै सन्चालित तालिमले पक्कै पनि स्थानिय महिला हरुको आय आर्जन मा टेवा पुर्याउछ भन्नु भयो ।
तालिम मा सहभागी पबित्रा नेपालले आफ्नो सातदिने अनुभब सुनाउदै भन्नु भयो हामी युवा पुस्ताले सामान्य घरगाउमा दुना टपरा बनएको देखेता पनि त्यस लाई त्यती महत्वका साथ नहेरेको र यो तालिममा सहभागी पश्चात यसको महत्व र आवश्यक्ता बुझेको बताउनु भयो साथै वहाँ ले थप्नु भयो अब तालिम पश्चात थप प्राविधिक कुराहरु मा हामिलाई वडा तथा गाउपालिकाले सहयोग गर्नुपर्ने बताउनु भयो ।
गत जेष्ठ २६ गते देखी सन्चालित उक्त दुनाटपरा बनाउने तालिम आयोजनाका लागी कोशी प्रदेश सरकार ले रु. ४ लाख सहयोग गरेको हो आयोजक सस्था चुरे वातावरण संरक्षण महिला समितीले तालिमको अलवा एक थान मेशिन समेत खरिद गरी वडा लाई उपलब्ध गराएको छ । इलाम जिल्ल का साबिक ६ वटा गा बि स हालका ३ वटा स्थानियतह हरु लाई कार्यक्षेत्र बनाइ २०५८ साल देखी चुरे क्षेत्र संरक्षण गर्दै स्थानिय श्रोत साधनको प्रयोगबाट महिला हरुको आयआर्जन मा बृद्धी का लागी बिभिन्न सचतनामुलक कार्यक्रम वातावरण संरक्षण , बायो ज्ञास निर्माण टुकी बत्ती बितरण , झोला बुन्ने तालिम जस्ता तालिम हरु उक्त दुनाटपरी बनाउने तालिम आयोजक सस्थाले सन्चालन गरिसकेको छ ।
