परिवर्तन संघको सचेतना अभियान

देवेन्द्र पौडेल चुलाचुली/परिवर्तन संघ इलामले लागु पदार्थ दुर्ब्यसन बिरुद्ध सचेतना अभियानलाई इलाम बिभिन्न स्थानिय तह हरुमा तिब्रता का साथ सन्चलन मा ल्याएको छ ।
गत जेष्ठ २६ गते इलामको इलाम नगरपालिका बाट सुरु भएको सो सचेतना अभियान देउमाइ नगरपालिका,माइ नगरपालिका तथा चुलाचुली गाउपालिका माङसेबुङ फाकफोकथुम सन्दकपुर का साथ साथै सुर्योदयनगर पालिका मा सन्चालन हुने भएको छ ।
खासगरी युवा पुस्ताहरु मा देखिएको नैरास्यता र चेतना अभाबका कारण बिभिन्न प्रकार का कुलत मा फस्ने गरेको पाइएका ले जसको न्युनिकरण र रोकथाम का लागी बिभिन्न नाटक गायन नृत्य तथा अभीय मार्फत परिवर्तन संघ इलामले बिद्यालय स्तर मा सचेतना कार्यक्रम सन्चालन गर्ने गरेको र सोही क्रममा इलाम जिल्ला का बिभिन्न स्थानिय तह का १४ वटा बिद्यालय हरुमा यस्त कार्यक्रम सम्पन्न गरिसकेको छ भने आगामी दिन मा इलाम का अन्य पालिका हरुमा समेत यस्त सचेतना मुलक कार्यक्रम हरु सन्चालन गरिने आयोजक ले जानकारी दिएको छ ।
गत असार १५ गते चुलाचुली गाउपालिका को बालज्योती माध्यमिक बिद्यालय मा १६ गते किरातेश्वर माध्यमिक बिद्यालय मा तथा १७ गते जन ता माद्यामिक बिद्यालय मा सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको र कार्यक्रम गर्नु को मुख्य उद्धेश्य भनेको भबिश्य का लागी युवा पुस्ता लाई अहिले देखी नै सही र गलत के हो भनेर छुट्याउन सक्ने क्षमता वान बनाउन का लागी बिभिन्न कुलत मा फस्नु हुँदै र फसेका हरुलाई समेत कुलत बाट निकाल्न परिवार आफ न्त तथा समाज को भूमिकाअ हरुका बारेमा सबै पक्ष लाई सचेत गराउन का लागी परिवर्तित बाटोमा आएका युवा हरुको अनुभब सुनाउन का लागी यो अभियान सन्चालन गरेको ब ता उनु हुन्छ परिवर्तन संघ इलाम का अध्यक्ष भिम कुमार राइ ।
बिभिन्न बिधागत कलाकार हरु सहित ३० जनाको टोली लाई दैनिक १८ देखी २० हजार सम्म खर्च हुने गरेको र सो खर्चलाई आयोजक आफै ब्यवस्थापन गर्न्र गरेको पाइएको छ । कार्यक्रम २०८१ साल पौष बाट कानुनी मान्यता प्राप्त परिवर्तन संघ इलाम ले बिभिन्न प्राकृतिक बिपत्ती मा परेकाअ हरु लाई उद्धार कार्य रक्तदान दन्त शिविर प्राणी रक्षा जस्ता सामाजिक कृयाकलाप हरु गर्दै आएको सो सस्था एक स्वायत्त सामाजिक सस्था हो यस्का बिभिन्न जिल्ल हरुमा जिल्लागत शाखा समेत सचालन मा आएका छन ।