जेबिल राइ ,चुलाचुली/ गत फागुन २१ गते सम्पन्न प्रतीनिधी सभा सदस्य निर्वाचनको मतगणना इलाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा जारी रहेको छ ।
इलाम निर्वाचन क्षेत्र नम्बर १ को मतगणना फिक्कल स्थित सुर्योदय नगरपालिका को सभा हलमा भइरहेको छ भने क्षेत्र नम्बर २ को इलाम नगरपालिका स्थित गौतम बुद्ध सभा गृहमा चालु अवस्थामा रहेको छ । क्षेत्र नम्बर १ मा केहि ढिलो गरी मतगणना सुरु भएकाले अहिले सम्म १८.४२ प्रतिशत मात्रै गणना सकिएको छ । कुल १ लाख १२ हजार ३ सय २० मतदाता रहेको उक्त निर्वाचन क्षेत्र नम्बर १ मा गत फागुन २१ को प्रतीनिधी सभा सदस्यको निर्वाचन मा ५७ प्रतिशत (६४ हजार १ सय ४) मत खसेको थियो ।
निर्वाचन पहिला बहुपक्षिय भिडन्तको अनुमान गरिएता पनि यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेस, नेकपा एमाले र श्रम सस्कृती पार्टी बिच प्रतिष्पर्धा देखिएको छ । हाल सम्म ११ हजार ८ सय ११ मत गणना भइ सक्दा ६.९४ प्रतिशत (८ सय २०) मत बदर भएको छ भनें नेकपा एमाले का उम्मेद्वार काजिमान कागते ले २ हजार ८ सय ३ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेद्वार निष्कल राइ ले २ हजार ५ सय ८९ मत प्राप्त गरेका छन भने श्रम सस्कृती पार्टिका बिनोद लिम्बु ले २ हजार ५ सय ४६ मत प्राप्त गर्दै प्रतिष्पर्धात्मक अवस्थामा रहेका छन ।
त्यसै गरी इलामको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना को ६३.०३ प्रतिशत समाप्त भएको छ । उक्त निर्वाचन क्षेत्रमा त्री-पक्षिय भिडन्तको अनुमान गरिएता पनि नेपाली काँग्रेसको अपेक्षाकृत मत आउन नसक्दा हाल नेकपा एमाले का उम्मेद्वार सुहाङ नेम्वाङ र श्रम सस्कृती पार्टीका उम्मेद्वार सुदिप राइ बिच प्रतिष्पर्धा चलिरहेको छ । कुल १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा गत फागुन २१ को प्रतीनिधी सभा सदस्यको निर्वाचन मा ५६ प्रतिशत अर्थात ६६ हजार ९ सय ३४ मत खसेको छ भनें हाल खसेको मत को ६३.०३ प्रतिशत (४२ हजार १ सय ९४) मत गणना भइ सकेको छ, उक्त अवस्था सम्म आइपुग्दा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ ले १३ हजार ७ सय ४१ मत प्राप्त गर्दै अग्रस्थान मा छन भने उनलाई पछ्याउदै श्रम सस्कृती पार्टीका उम्मेद्वार सुदिप राइ ११ हजार १ सय १५ मत सहित दोश्रो स्थान मा रहेका छन र नेपाली काँग्रेस का उम्मेद्वार भेषराज आचार्य ७ हजार ६ सय ४८ मत सहित तेश्रो स्थान मा रहेका छन । ३ वटा गाउपालिका र ३ वटा नगर पालिका रहेको उक्त निर्वाचन क्षेत्रमा देउमाइ नगरपालिका को केहि वडाको मतगणना भइ रहेको छ भनें इलाम नगरपालिका का ८ वटा वडाहरु को मतगणना बाँकी रहेको छ ।
यस पटक सम्पन्न भएको प्रतीनिधी सभा सदस्यको निर्वाचन मा मतदाता शिक्षा सम्बन्धित स्थानिय तहले सन्चालन गरेका कारण ले पनि हुन सक्छ हाल निर्वाचन पश्चात देखिएको बदर मत निक्कै न्युन प्रतिशत रहेको छ, बिगतको निर्वाचनमा इलाम जिल्लको बदर मत प्रतिशत ९ रहेको थियो भनें यस निर्वाचनमा उक्त प्रतिशत कम हुने आकलन गरिएको छ ।

Facebook Comments Box