इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा परिणाम फेरिँदै गएको छ। पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका निश्कल राई अग्रस्थानमा पुगेका छन्।

हालसम्म निश्कल राई (रूख) ले ९,०७४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का काजीमान कागते (सूर्य) ले ९,०१३ मत ल्याउँदै दोस्रो स्थानमा छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ (माटो) ले ८,९०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदाल (घण्टी) ले ५,६४९ मत ल्याएका छन् भने आरबी राई (तारा) ले ३,२९६ मत प्राप्त गरेका छन्।

हालसम्म ४० हजार ४३७ मत गणना भइसकेको छ। कम मतान्तरका कारण इलाम–१ मा प्रतिस्पर्धा अझै रोचक बन्दै गएको छ।

Facebook Comments Box