रुद्र प्रभात,चुलचुली / बालज्योति माध्यमिक विद्यालयमा रहेको साथी साथी बालक्लवको १७ अौ बार्षिक साधारण सभा कृतिका अधिकारीको अध्यक्षतामा सर्वसम्मत समिति चयन गर्दै आज फागुन २८ गते सम्पन्न भएको छ ।

बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष सेतु प्रकाश राईको प्रमुख आतिथ्यता , शिक्षक अभिभावक संघ का संयोजक खगेन्द्र पौडेलको बिशिस्ट आतिथ्य रहेको कार्यक्रमको सभाध्यक्षता क्लवल अध्यक्ष सोस्तिका अधिकारीको रहेको थियो । कार्यक्रममा तत्कालीन क्ललव सचिव कृतिका पौडेलले ५ लाख १ हजार ५ सय ११ रुपैयाँको बार्षिक आय-ब्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन । त्यसै गरि क्लव अध्यक्ष सोस्तिका पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । विद्यालयका सहायक प्रधानध्यापक बिष्णु गौतमको संयोजन तथा शिक्षकहरु धनबहादुर फियाक र युवराज पौडेल सदस्य रहेको निर्वाचन समितिले दिएको समय सिमाभित्र विद्यार्थीहरुको समझदारीमा पुर्ण समिति चयन भएको हो ।

१ वर्षे कार्यकालको लागि सर्वसम्मत समितिका अन्य पदाधिकारीमा क्रमस:उपाध्यक्ष सृष्टि खड्का सचिव आइस्मा कार्की सहसचिव सृष्टि अधिकारी कोषाध्यक्ष सजिना लिम्बू सदस्यहरु परिस्ता राई, सानिम्सा राई, बृक्षा थाम्सुहाङ, रेष्मा राई, सुस्मिता साम्बा, रिना लिम्बू, पुष्पा पराजुली, आर्य मगर, गोविन्द भट्टराई , विमि कुमाल, र बालकृष्ण दुलाल रहेका छन्। नव गठित समितिमा छात्राहरुको संख्या उल्लेख्य रहेको छ ।

Facebook Comments Box