देवेन्द्र पौडेल चुलाचुली/ नव बर्ष २०८३ को उपलक्षमा गत चैत्र २५ गते देखी बैशाख ३ गते सम्म चुलाचुली २ स्थित तीनकुने पोखरी सिमसार पर्यटकिय स्थलमा संचालन भएको दोश्रो तीनकुने पोखरी पर्यटन महोत्सव २०८२ को आय-ब्यय आज एक कार्यक्रम बिच सार्वजानिक गरिएको छ ।

चुलाचुली २ स्थित तीनकुने पोखरी परिसरमा बैशाख ३० गते तीन कुनेपोखरी सिमसार क्षेत्र संरक्षण समिती का अध्यक्ष नगेन्द्र श्रेष्ठ को अध्यक्षता मा सम्पन्न उक्त सार्वजानिक सुनुवाइ कार्यक्रममा चुलाचुली गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ , वडा सदस्यहरु माइतराज लिम्बु ,हर्कराज लिम्बु लगायत स्थानिय समाजसेवी बुद्धिजिवी लगायत सरोकार वालाहरुको उपस्थिती रहेको थियो भनें उक्त सार्वजानिक सुनुवाइ कार्यक्रममा गत चैत्र २५ गते देखी बैशाख ३ गते सम्म सन्चालित तीनकुने पोखरी पर्यटन महोत्सव २०८२ मार्फत १९ लाख १ सय २५ रुपैया आम्दानी हुनुका साथै खर्च तर्फ १७ लाख १ हजार ८ सय ७९ रुपैया खर्च भएको सस्थाका अध्यक्ष ले जानकारी दिनुभयो । आम्दानी तर्फ टिकट बिक्री,बैदेशिक रोजगारी मा रहेका महानुभाब हरु मार्फत आर्थीक सहयोग, स्तानिय सरकार तथा वडा कार्यालयहरु बाट आर्थीक सहयोग का साथै ब्यापारिक स्टलहरु बाट समेत आर्थीक सहयोग जुटेको जानकारी दिनुभयो ।

उक्त सार्वजानिक सुनुवाइ कार्यक्रम लाई शुभकामना दिदै चुलाचुली गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्षमण श्रेष्ठले यो स्ठानमा मेला,महोत्सब आयोजना गरेकोमा स्थानिय सरकारका साथै वडा कार्यालय अत्यन्तै खुशी भएको बताउनु भयो । सार्वजानिक सुनुवाइको सुचना पाएर उपस्थित हुनु भएका तथा उपस्थित हुन नसक्नु भएका सम्पुर्ण गाउबासी हरुलाई यो सार्वजानिक सुनुवाइले महोत्सब थप पारदर्शी र स्वच्छ भएको र उक्त कुराको महसुस स्वयम मैले पनि गरेको छु भन्नुभयो । साथै वहाँले आयोजक तथा महोत्सव आयोजनामा सहयोग गर्नुहुने सम्पुर्ण महानुभाब, स्वयम सेवक लगयत सम्पूर्ण लाई व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट धन्यवाद दिनुभयो ।

त्यसै गरी कार्यक्रममा बोल्दै वडा सदस्य माइतराज लिम्बुले भन्नु भयो महोत्सव सोचे भन्दा ब्यवस्थित र भब्य तरिकाले सम्पन्न भएको मा सम्पुर्ण चुलाचुली पालिका तथा छिमेकी पालिका बाट मेला मा आएर उक्त मेलाको सोभा बढाइ दिनु भएको मा सम्पुर्ण लाई हार्दिक धन्यवाद भन्नु भयो । उक्त ९ दिने महोत्सवमा बिभिन्न मनोरन्जनात्मक खेलहरु का साथै लोपउन्मुख स्थानिय कला सस्कृती झल्कने सास्कृतिक नृत्य, स्थानिय कलाकार हरुको समेत बेजोड प्रस्तुती रहेको सो कार्यक्रममा नेपाल का बहुचर्चीत कलाकार हरु राजेश पायल राइ , ज्योती मगर लगायत को प्रस्तुती रहेको थियो ।

स्थानिय स्तरको मेला महोत्सव आयोजना गर्दा अत्याधिक स्थानिय स्तर कै श्रोत र सामाग्री हरुको प्रयोग गरेमा स्थानिय कला सस्कृतीको बिकास र प्रवर्द्धन हुनुका साथै आयोजना सन्चालन गर्दा खर्चलाई मितब्ययिता अपनाउन सके आयोजक सस्थाले थप उपलब्धी गर्न सक्ने देखिन्छ । अन्यथा आम्दानी र खर्च को तादम्यता नमिल्दा यस्ता मेला महोत्सव बाट खासै उपलब्धी नहुने देखिन्छ ।

Facebook Comments Box