एसइइ नतिजा:सन्दकपुर नवौ स्थानमा अभिभावक उत्प्रेरणा तथा शिक्षक तालिम आवश्यक
देवेन्द्र पौडेल चुलाचुली/राष्ट्रीय परिक्षा बोर्डले गत चैत्र १९ गते देखी सन्चालन गरेको माध्यमिक शिक्षा परिक्षा (SEE) २०८२ को नतिजा सार्वजानिक गरे सँगै इलामको सन्दकपुर गाउपालिका बाट ३७.८९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन ।
गाउपालिका भित्र रहेका सात माध्यमिक बिद्यालयहरु बाट नियमित तर्फ सहभागी कुल ९५ जना विद्यार्थी हरु मध्य ३६ जना बिद्यार्थी उत्तिर्ण भएका हुन । जसमा सबै भन्दा धेरै सरस्वती माध्यमिक बिद्यालय ले ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ भने अन्य बिद्यालयहरु मा आदरणिय माध्यमिक बिद्यालयले ४५ प्रतिशत श्याम्बल माध्यमिक बिद्यालय ले २७.७८ प्रतिशत माइपोखरी सस्कृत माध्यमिक बिद्यालय ले १३.३३ प्रतिशत, सरस्वती माध्यमिक बिद्यालय (प्राविधिक) ले ७१.४३ प्रतिशत, प्रबोध माध्यमिक बिद्यलयले १६.६७ प्रतिशत र भगवती माध्यमिक बिद्यालय ले ४१.६७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन । गाउपालिकाले सार्वजानिक गरेको बिवरण अनुसार ३.६ देखी ४ जिपिए ल्याउने विद्यार्थी संख्या ३ जना, ३.२ देखी ३.६ जिपिए ल्याउने विद्यार्थी को संख्या ६ जना रहेको छ । त्यसै गरी २.८ देखी ३.६ जिपिए १३ जना विद्यार्थी रहेका छन । त्यस्तै २.४ देखी २.८ जिपिए प्राप्त गर्ने विद्यार्थी को संख्या १२ जना रहेका छन र २ देखी २.४ जिपिए ल्याउने विद्यार्थी को संख्या २ जना रहेको छ ।उक्त गाउपालिका बाट ग्रेड बृद्धीका लागी ६८ जना बिद्यार्थी सहभागी भएको मा १७.६५ प्रतिशत १.२ जना विद्यार्थी उत्तिर्ण भएका छन ।
२०७२ सालमा तत्कालिन परिक्षा नियन्त्रण कार्यालय ले प्रयोग गरेको फेल पासको बिधिलाई नयाँ शिक्षामुल्याङकन प्रणाली अनुसार अक्षर ग्रेड मुल्याङ्कन गर्ने ब्यवस्था अनुसार परिक्षाफल प्रकाशन गरिदै आएको छ । यस वर्षको परिक्षाफलमा सन्दकपुर गाउपालिका को परिक्षाफल राष्ट्री य परिक्षाफल भन्दा २८.०९ प्रतिशतले कमजोर भएको छ । राष्ट्रीय परिक्षा बोर्डले देशभरी बाट ६५.८९ प्रतिशत विद्यार्थी ग्रेडेड को नतिजा निकाल्दा सन्दकपुर गाउपालिका ले ३७.८९ प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएको बिवरण उपलब्ध गराएको छ । इलाम जिल्लाका दश स्थानिय तहहरु को एसइइ को नतिजा मा उक्त गाउपालिका नवौ नम्बरमा रहेको छ ।
इलाम जिल्लाको सदरमुकाम इलाम नगरपालिका सँग जोडिएको सन्दकपुर गाउपालिका कृषी पर्यटन,उध्योग ब्यापारका क्षेत्रमा अन्य पालिकाहरु सँग प्रतिष्पर्धामा आइराखेको तर शिक्षा क्षेत्र बिषेस गरी एसइइ नतिजाका बारेमा यहाँ विद्यार्थी पलायन मुख्य समस्या रहेको साथै अभिभावक शिक्षाको समेत खाचो रहेको बताउनु हुन्छ सन्दकपुर गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ध्रुव सिजावाल । वहाँका अनुसार स्थानिय तहमा कार्यरत शिक्षक हरुमा समय सापेक्ष तालिमको समेत खाचो रहेको र यसका लागी गाउपलिकाले अभिभावक उत्प्रेरणा भेला तथा शिक्षक तालिम कार्यक्रम राखेको र आगामी दिनमा पालिकाको शिक्षा क्षेत्रमा सुधार हुने अपेक्षा रहेको बताउनु हुन्छ ।
पछिल्लो समय राज्यले शिक्षा क्षेत्र परिवर्तनका लागी का लागी नविनतम कार्यक्रमहरु ल्याइ रहेको अवस्थामा सन्दकपुर गाउपालिका को शिक्षा क्षेत्र भनें दिनानुदिन कमजोर हुँदै जानु मा स्थानिय सरकार ले उचित निती तथा कार्यक्रम हरु तर्जुमा गरेर समय सापेक्ष परिवर्तन हुन आवश्यक देखिन्छ ।
