चुलाचुली बाट बसाइ सरी जानेको संख्या उच्च, जन्म भन्दा मृत्युदर कम
देवेन्द्र पौडेल, चुलाचुली/इलाम को चुलाचुली गाउपालिका मा पछिल्लो समय सडक बिजुली खानेपानी लगायत का क्षेत्र मा सरकार ले ठुलो बजेट लगानी गरेर परिवर्तन गरेता पनि बसाइ सारी जानेको संख्या भनें निक्कै बढन थालेको छ ।
चालु आर्थीक वर्षको जेष्ठ मसान्त सम्मको तथ्याङ्क का आधारमा चुलाचुली गाउपालिका बाट बसाइ सारी जाने १ सय घर परिवार रहेका छन भने अन्यत्र बाट चुलाचुली मा बसाइ सारी आउने को संख्या ९३ परिवार रहेको छ । जसमा वडा नम्बर १ बाट बसाइ सारी जाने १२ परिवारका ३६ जना रहेका छन भनें चुलाचुली को २ नम्बर वडा बाट १६ परिवार का ४६ जनाले चुलाचुली बाट बसाइ सराइ लिएका छन र सोही वडामा १८ परिवार का ४३ जनाले वडा कार्यालयमा बसाइसराइ दर्ता गराएका छन । त्यसैगरी चुलाचुली ३ नम्बर वडामा ६ परिवार का १५ जना बसाइ सारी आएका छन भनें सोही वडा बाट २२ परिवार का ५४ जना बसाइ सारी गएको तथ्याङ्कले देखाएको छ । त्यसरि नै पालिकाको केन्द्र रहेको ४ नम्बर वडामा १७ परिवार का ४५ जना बसाइ सारी आएका छन भनें ८ परिवार का २६ जनाले वडा छोडेर गएका छन । त्यसरि नै बिगत मा गाउपालिकाको दुर्गम र कम उत्पादन हुने भनि भन्ने गरेको वडा नम्बर ५ मा भनें सबैभन्दा धेरै घर परिवार बसाइ सारी आएका छन । तथ्याङ्क का अनुसार उक्त वडामा गत जेष्ठ मसान्त सम्ममा २७ परिवार का ४३ जना बसाइ सरेर चुलाचुली ५ आएका छन भनें सोही समयमा २३ परिवार का ४५जना बसाइ सारी अन्यत्र गएका छन । त्यसै गरी भौगोलिक हिसाबले निक्कै ठुलो र बिकट मानिएको ६ नम्बर वडामा गत जेष्ठ मसान्त सम्ममा ४ परिवारका १३ जना सदस्य हरु बसाइ सारी आएका छन भनें १९ परिवार का ५४ जना बसाइ सारी गएको तथ्याङ्गले देखाएको छ ।
त्यसै गरी गाउपालिका को पन्जिकरण शाखाले उपलब्ध गराएको व्यक्तिगत घटना दर्ताको बिवरण अनुसार चालु आ. व. को जेष्ठ मसान्त सम्म चुलाचुली १ नम्बर वडामा ७१ जनाको जन्मदर्ता भएको छ भनें ३३ जनाको मृत्यु दर्ता गरिएको छ । सोही समयावधी मा उक्त वडा भित्रका ४१ नवदम्पती ले बिवाह दर्ता गराएका छन भनें १८ जोडिले सम्बन्ध बिच्छेद को सिफारिश लिएका छन । त्यसरि नै चुलाचुली को २ नम्बर वडामा चालु आ. व. को जेष्ठ मसान्त सम्म ४० जनाको जन्म दर्ता भएको छ र ३० जनाको मृत्यु दर्ता समेत गरिएको छ भनें सो वडामा उक्त अवधीमा २२ जोडीको बिवाह दर्था गरिएको छ र ७ जोडिको सम्बन्ध बिच्छेद को सिफारिश गरिएको छ ।
त्यस्तै वडा नम्बर ३ मा ६६ जनाको जन्मदर्ता गरिएको छ भनें ३७ जनाको मृत्यु दर्ता गरिएको हो । त्यसरि नै उक्त ३ नम्बर वडामा चलु आ. व. को जेष्ठ मसान्त सम्म ३४ जोडीको बिवाह दर्ता भएको छ भने ७ जोडिको सम्बन्ध बिच्छेदको सिफारिस गरिएको छ । त्यसरि नै ४ नम्बर वडामा ६१ जनाको जन्म दर्ता गर्दा २१ जनाको मृत्यु दर्ता गरिएको छ । सो वडा मा उक्त समयावधी मा २९ जोडिको बिवाह दर्ता गर्दा ११ जोडिको सम्बन्ध बिच्छेदको कागजात दर्ता गरिएको छ । त्यसरि नै चुलाचुली ५ नम्बर वडामा चालु आ. व. को जेष्ठ मसान्त सम्म ४५ जना को जन्मदर्ता गर्दा १४ जना को मृत्यु दर्ता भएको छ भनें २५ जोडिको बिवाह दर्ता गरिएको छ र ६ जोडिको सम्बन्ध बिच्छेद को सिफारिस गरिएको छ । त्यसै गरी चुलाचुली को ६ नम्बर वडामा गत जेष्ठ मसान्त सम्म ४२ जनाको जन्मदर्ता गरिएको छ भनें २३ जनाको मृत्यु दर्ता समेत गरिएको छ , उक्त वडामा सो समयअवधी भित्र ४२ जनाले बिवाह दर्ता गरेका छन भनें २३ जनाको मृत्यु दर्ता गरिएको छ ।
चुलाचुली गाउपालिका मा भौतिक पुर्वाधार हरुको उपलब्धता दैनिक रुपमा सहज बन्दै गर्दा पनि बसाइ सराइ नघटेको तथ्याङ्क ले देखाएको छ । सडक शिक्षा स्वास्थ्य खानेपानी जस्ता सरकारले उपलब्ध गराउनुपर्ने आवस्यकता हरुको सहजता भएपनी जिवनयापन का लागि आवस्यक पर्ने रोजगारी को अवसर कम हुदा मानिसहरुको रोजाइमा चुलाचुली नपरेको स्थानिय हरु बताउछन ।कृषि उपज बिक्रीका लागि बजारको सहजता भएतापनी कृषि कर्मका लागि आवस्यक सिचाइ मलखाद को समस्या भएका कारण कृषि पेशामा निर्भर भएर जिविकोपार्जन गर्न समेत समस्याका कारण मानिसहरु बसाइ सरि जाने गरेको पाइएको छ । चुलाचुली गाउपालिकामा बसाइरि जानेको संख्या घटाएर आउनेको संख्या बढाउनका लागि सम्बन्धित निकायले कृषि मा आत्मनिर्भर किसानहरुको समस्यालाइ दिगो ब्यवस्थापन गर्न सकेमा निक्कै सुधार हुने देखिन्छ ।साथै स्थानिय स्तरमा रोजगारी सृजना हुने कृयाकलाप लाई प्राथमिकता दिदै शान्ती सुरक्षा र मानव बिकास का सुचाङक हरु बढाउदै लैजान आवस्यक देखिन्छ ।
