देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा गाउ सभाको १८ औ अधिवेशन आज असार १० गते चुलाचुली ४ स्थित गाउपालिका को सभा हलमा आगामी आ.व. .२०८३/८४ का लागी ४९ करोड १० लाख ८५ हजार रुपैयाको बजेट पारित गर्दै सम्पन्न भएको छ ।

चुलाचुली गाउपालिका का अध्यक्ष तथा १८ औ गाउसभाका अध्यक्ष राजेन्द्र केरुङ को अध्यक्षता मा सम्पन्न सो गाउसभामा अध्यक्ष ले पेश गर्नुभएका बिविध पाँचवटा कार्यसुचीहरु समेत सर्वसम्मत पारित गरिएको छ । पारित भएका पाचवटा कार्यसुचीहरुमा गाउपालिकाको आ.व २०८३/८४ को निती तथा कार्यक्रम ,चुलाचुली गाउपालिकाको चालु आ.व. को वास्तविक आयब्यय बिवरण सहित आ व २०८३.८४ को बजेट बक्तब्य ,लिम्बु भाषालाई सरकारी कामकाजी भाषा बनाउने सम्वन्धी ऐन २०८३,न्यायिक समितिले उजुरिको कारवाही किनारा गर्दा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनु पर्ने कार्यबिधी सम्बन्धी बिधेयक २०८३ र चुलाचुली गाउपालिकाको लेखा समिती गठन सम्बन्धी कार्यबिधी २०८३ समेत सर्वसम्मत पारित गरिएको छ ।

गाउसभा बैठकको पहिलो कार्यसुचीमा रहेको २० पृष्ठ लामो आ व २०८३/८४ को निती तथा कार्यक्रम सभाका सभाध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गर्नु भएको थियो भने दोश्रो कार्यसुचीमा रहेको चुलाचुली गाउपालिकाको चालु आ.व. को वास्तबिक आयब्यय बिवरण सहित आगामी आ.व. को बजेट बक्तब्य गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लावतीले प्रस्तुत गर्नुभएको थियो । वहाँले प्रस्तुत गर्नु भएको चालु आव. २०८२/८३ को जेठ मसान्त सम्म वास्तबिक आय ४२ करोड ८७ लाख १० हजारको ६१ दसमलव ०५ प्रतिशत खर्च भएको वहाँले बताउनु भयो । त्यसै गरी वहाँले आगामी आ..व. २०८३/८४ का लागी चुलाचुली गाउपालिका को समृद्धी बिकाश र सुशासनका लागी ४९ करोड १० लाख ८५ हजार रुपैया को बजेट निर्धारण गर्नु भएको छ । उक्त बजेट चुलाचुली गाउपालिका को आर्थीक क्षेत्र कृषी पशुसेवा सहकारी संघसस्था तथा पर्यटनका कार्यक्रम हरुमा ६४ लाख बिनियोजन गरिएको छ त्यसैगरी सामाजिक बिकास क्षेत्रमा २ करोड ९१ लाख ४८ हजार रुपैया बिनियोजन गरिएको छ । त्यसरि नै पुर्वाधार बिकास मा ६ करोड ४५ लाख रुपैया, बातावरणर बिपद ब्यवस्थापन मा ५५ लाख,सस्थागत बिकास तथा सुशसन मा २७ लाख ५० हजार कार्यालय सन्चालन तथा प्रशासनिक तर्फ १० करोड ५७ लाख ८७ हजार रुपैया बिनियोजन गरिएको छ भने संघ तथा प्रदेश सँग साझेदारी कार्यक्रम हरु सन्चालन गर्नका लागी २ करोड ५५ लाख को समपुरक कोष को ब्यवस्था गरिएको छ ।

आ.व. २०८३/८४ मा बिनियोजित उक्त रकम खर्च ब्यहोर्ने श्रोत हरुमा संघिय सरकार बाट प्राप्त राजस्व बाँडाफाँड बाट ९ करोड १० लाख ८५ हजार रुपैया प्रदेश सरकार राजस्व बाडँफाँड बाट ७२ लाख ७० हजार २ सय ५० रुपैया , सँघिय सरकार बाट बित्तिय समानिकरण अनुदान ९ करोड ८० लाख कोशी प्रदेश सरकार बित्तिय समानिकरण अनुदान ८६ लाख ७ हजार रुपैया संघिय सरकार शसर्त अनुदान बाट १८ करोड ७ लाख प्रदेश सरकार बाट शसर्त अनुदान ४० लाख रुपैया , संघिय सरकार समपुरक अनुदान बाट १ करोड ५५ लाख रुपैया संघिय सरकार बाट बिषेस अनुदान ४५ लाख प्रदेश सरकार बाट समपुरक अनुदान १ करोड रुपैया स्थानिय राजस्व बाडँफाडँ बाट ३ करोड ५० लाख रुपैया गाउपालिका को आन्तरिक श्रोत तर्फ २ करोड १ लाख ९५ हजार रुपैया , संचित कोष मौज्दात तर्फ १ करोड १८ लाख ८६ हजार ७ सय ५० रुपैया र जनसहभागिता मार्फत ४० लाख रकम जुटने अनुमान गर्दै सो बजेट तयार पारिएको छ ।

त्यसै गरी उक्त गाउसभाको अधिवेशनले चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडा सदस्य सुरेश थुलुङ को संयोजकत्व मा ३ सदसिय लेखा समिती समेत गठन गरेको छ भनें कार्यक्रम को अन्त्यको सुन्य समय मा चुलाचुली गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण लावती,ध्रुब २ नम्बर वडाका वडाध्यक्ष लक्षमण श्रेष्ठ ५ नम्बर वडाध्यक्ष बबिन राइ तथा कार्यपालिका सदस्य गंगा सुवेदीले आ आफ्नो बिचार राख्नु भएको थियो ।

Facebook Comments Box