इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ४५ करोड ७० लाख १५ हजार ८ सय ३७ रुपैया को अनुमानित बजेट मध्ये ३ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्षका साथ अघाडी बढेको गाउँपालिकाले राजस्व शीर्षकअनुसारको विवरण अनुसार उक्त अवधिमा विभिन्न कर, दस्तुर, सेवा शुल्क तथा अन्य स्रोतबाट कुल रु. १ करोड १ लाख ६५ हजार ७ सय ८८ रुपैया आन्तरिक राजस्व संकलन गरेको छ ।

संकलित विवरणअनुसार सबैभन्दा बढी राजस्व भूमिकर/मालपोत शीर्षकबाट प्राप्त भएको छ । यस शीर्षकबाट मात्रै रु. २७ लाख २ हजार ६ सय ४७ रुपैया संकलन भएको छ । त्यसपछि अन्य कर शीर्षकबाट रु. २५ लाख ५९ हजार ८ सय५५ रुपैया सिफारिस दस्तुर बाट रु. १६ लाख ९३ हजार ७ सय ७३ रुपैया तथा अन्य राजस्व शीर्षकबाट रु. १५ लाख ६८ हजार ५ सय ४६ रुपैया संकलन भएको विवरणमा उल्लेख छ ।

त्यसैगरी सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय रु. १ लाख ५४ हजार ५ सय ६३ रुपैया अन्य बिक्रीबाट प्राप्त रकम रु. ४ लाख ३६ हजार ७ सय ५६ रुपैया नाता प्रमाणित दस्तुर रु. २ लाख ५६ हजार २ सय ८०रुपैया व्यक्तिगत घटना दर्ता दस्तुर रु. २ लाख ५८ हजार ५०० सय रुपैया अन्य प्रशासनिक सेवा शुल्क रु. २लाख २ हजार ४७ रुपैया व्यवसाय कर रु. १ लाख ५३हजार ७५ रुपैया तथा बहाल कर बाट करिब रु. ६ लाख ७७ हजार ५ सय २२ रुपैया राजस्व संकलन भएको छ ।

यसका अतिरिक्त सम्पत्ति कर, सवारी साधन कर (साना सवारी), पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, व्यवसाय दर्ता तथा नवीकरण दस्तुर, न्यायिक दस्तुर, परीक्षा शुल्क, कृषि उत्पादन बिक्री, प्रशासनिक दण्डजरिवाना, बेरुजु असुलीलगायतका शीर्षकबाट पनि राजस्व प्राप्त भएको गाउँपालिकाको विवरणमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले करको दायरा विस्तार, करदातामैत्री सेवा, नियमित अभिलेखीकरण तथा राजस्व प्रशासनलाई व्यवस्थित बनाउँदै लगेका कारण आन्तरिक आम्दानीमा वृद्धि भएको जनाएको छ । स्थानीय सरकारको आफ्नै स्रोत सुदृढ बन्दै जाँदा विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय आवश्यकताका कार्यक्रम सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

स्थानीय तहको वित्तीय आत्मनिर्भरता सुदृढ बनाउन आन्तरिक राजस्वको महत्वपूर्ण भूमिका रहने भएकाले आगामी आर्थिक वर्षमा पनि करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण तथा सेवा प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य गाउँपालिकाले लिएको अध्यक्ष राजन्द्र केरुङले बताए ।

माव्हार श्रोत – नया बुलन्द

Facebook Comments Box