इलाम चुलाचुली मा कार्यरत इन्जिनियर खडका अख्तियारको नियन्त्रणमा
देवेन्द्र पौडेल ,चुलाचुली /अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले इलामको चुलाचुली गाउपालिका मा कार्यरत इन्जिनियर डिल्ली राज खडका लाइ सेवाग्राही संग घुस लिएको आरोपमा आज पक्राउ गरेको छ ।
आयोगका प्रबक्ता सुरेस न्यौपाने द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा भनिएको छ ,जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौ) डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रुपमा खटिई गएको टोलीले निज इन्जिनियर डिल्ली राज खड्कालाई सेवाग्राहीबाट रू.६,००,०००।–(छ लाख रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित दमक नगरपालिका वडा नं. १ स्थित खाजा घरबाट आज मिति २०८३।०३।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
गाउपालिका भित्र भएका विभिन्न सरकारी कामहरु मा आर्थिक चलखेल र अनियमितता भएको भन्दै बेला बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न जनप्रतिनिधी तथा कर्मचारी हरु संग स्पष्टिकरण माग्ने गरेता पनि रंगेहात पक्राउ गरेको भनें यो नै पहिलो घटना रहेको छ , यस घटनाले पालिका भित्र रहेर विभिन्न बहानामा सेवाग्राही हरु संग रकम असुल्ने तथा तथा गलत नियत राख्ने कर्मचारी र जनप्रतिनिधी हरुमा त्रास उत्पन्न भएको छ भनें गलत नियत राखी कसैलाइ फसाउने उद्धेश्य सहित अख्तियार सम्म पुग्ने उजुरी हरु लाई सम्बन्धित निकायले निष्पक्ष छानबिन गरि दोसि लाई कारवाही र निर्दोश लाई न्याय दिने अपेक्षा स्थानिय बासिले राखेका छन ।
