देवेन्द्र पौडेल /इलाम टाइम्स चुलाचुली, इलाम को चुलाचुली गाउ पालिका वडा नं ६ स्थित पर्यटकिय स्थल कुइनेटार खेल मैदान मा आज देखी दोश्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ ।
युवा तथा खेलकुद समान्वय समिती चुलाचुलीको आयोजना तथा चुलाचुली गाउपालिका को प्रायोजन रहेको दोश्रो उपाध्यक्ष कप अन्तर्गत जारी अन्तर पालिका भलिबल प्रतियोगिता को आज पहिलो दिन चुलाचुली गाउपालिका ले बेलडाँगी झापा लाई र बेलबारी नगरपालिका मोरङ ले मिक्लाजुङ्ग गाउपालिका लाई पराजित गर्दै सेमीफाइनल मा प्रवेश गरेको छ भनें उर्लाबारी नगरपालिका ले सिवसताक्षी नगरपालिका लाई र कमल गाउपालिका ले मिक्लाजुङ्ग गाउपालिका पाँचथर लाई पराजित गर्दै सेमीफाइनल मा प्रवेश गरेको हो ।


भोली हुने पहिलो सेमी फाइनलमा चुलाचुली गाउपालिका र बेलबारी नगरपालिका मोरङ बिच को खेल हुन्छ भनें दोश्रो सेमीफाइनल खेल उर्लाबारी नगरपालिका मोरङ र कमल गाउपालिका झापा बिच हुनेछ भने प्रतियोगिता को फाइनल खेल भोली नै सम्पन्न हुनेछ । प्रतियोगिता को बिजेता टिमले नगद पुरस्कार रु. ५१ हजार का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेता ले ट्रफी मेडल र प्रमाणपत्र का साथ मा नगद पुरस्कार रु. ३१ हजार प्राप्त गर्ने जानकारी युवा तथा खेलकुद समान्वय समिती चुलाचुली ले जानकारी दिएको छ ।

Facebook Comments Box