देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/चुलाचुली गाउ पालिका वडा न ३ स्थित चुलाचुली कृषी सहकारी सस्थाले आज माघ ८ गते आफ्नो चौथो साधारण सभा सम्पन्न गरेको छ ।

चुलाचुली ३ स्थित श्री महादेब स्थान कृषी सहकारी सस्था र चुलाचुली कृषी सहकारी सस्था बिच २०७५ सालमा एकिकरण पश्चात बनेको एकिकृत चुलाचुली कृषी सहकारी सस्थाले आज सम्पन्न गरेको बार्षिक साधारण सभा चौथो साधारण सभा हो । चुलाचुली कृषी सहकारी सस्था को प्राङगण मा आयोजित उक्त साधारण सभा सस्थाका अध्यक्ष नरेन्द्र कुमार बान्तवा को अध्यक्षता मा सन्चालन भएको थियो ।

उक्त साधारण सभा को प्रमुख अतिथीमा चुलाचुली गाउपालिका का अध्यक्ष श्री राजेन्द्र केरुङ्ग, विशिष्ट अतिथी गाउपालिका उपाध्यक्ष दिल कुमारी लावती तथा अतिथीहरु मा चुलाचुली गाउपालिका ३ नं. वडा का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ ४ नं. वडाध्यक्ष सागर जवेगु ५ नं. वडाध्यक्ष बबिन बान्तवा, पाथिभरा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष पदम केशर लिम्बु लगायत को उपस्थिती रहेको थियो ।

शुभकामना मन्तब्य ब्यक्त गर्ने क्रममा गाउपालिका उपाध्यक्ष दिल कुमारी लावती ले सस्था को साधारण सभामा शेयर सदस्य हरुको कमजोर उपस्थिती ले सस्था मा केहि त्रुटी रहेको र आगामी दिन मा यो सुधार हुने आशा ब्यक्त गर्नु भयो । कार्यक्रम मा मन्तब्य राख्ने क्रममा चुलाचुली ५ नं. वडा का वडाध्यक्ष बबिन बान्तवा ले सेवामुखी सस्थाहरु सन्चालन गर्न पछिल्लो समय निक्कै चुनौती रहेको बताउनु भयो । नाफामुखी सस्थाहरु ले आफ्ना सदस्यहरु लाई प्रत्यक्ष आर्थीक सहयोग गर्ने तर सेवामुखी सस्था हरु ले यसो गर्न नसक्दा सदस्यहरु को सकृयता कम रहेको अनुभब सुनाउनु भयो । त्यसै गरी कार्यक्रम मा चुलाचुली ३ नं. का वडाध्यक्ष प्रेम श्रेष्ठ ४ नं. वडाध्यक्ष सागर जवेगु ले समेत शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम मा पाथिभरा बचत तथा ऋण सहकारी सस्था का अध्यक्ष पदम केशर लिम्बु ले सस्था एकिकरण सस्थाको माइन्युट मा मात्रै सिमित नराखेर सम्बन्धित निकाय हरु सम्म प्रकृया पुरा गरेर लान सुझाब दिनु भयो ।

एकिकृत चुलाचुली कृषी सहकारी सस्थाले पछिल्लो समय मा ब्यावसायिक पशुपालनमा आफ्ना शेयर सदस्य हरु लाई प्रोत्साहन गरिरिराखेको छ । बिश्व बैक को लगानिमा सन्चालित नेपाल लाईभ स्टक सेक्टर इनोभेसन को सहकार्य मा आफ्ना शेयर सदस्य हरु लाई पशुपालन मा प्रोत्साहन स्वरुप अनुदान पनि बितरण गर्दै आएको सस्थाका अध्यक्ष ले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बताउनु भयो ।

सस्था ले निकट भबिश्य मै गुणस्तरिय पशुआहार साइलेज उत्पादन गर्ने तयारीमा रहेको र यसका लागी साइलेज बनाउने मेशिन समेत खरिद गरेर जडान को अन्तिम चरण मा रहेको ले यस चुलाचुली क्षेत्रका किसान दाजुभाइहरु लाई प्रशस्त मकै खेती गर्न समेत सस्था का अध्यक्षले अनुरोध गर्नु भयो । सस्थामा हाल एक सय तिस जना शेयर सदस्य रहेका छन ।

Facebook Comments Box