कार्यसम्पादन मुल्याङ्कनमा सुर्योदय प्रथम
सबित्रा बास्कोटा, चुलाचुली/इलामका दश स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुर्योदय नगरपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा सबैभन्दा बढी अङ्क प्राप्त गरी इलाम नगरपालिका प्रथम भएको हो ।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ७२.८६अङ्क प्राप्त गरी सुर्योदय नगरपालिका प्रथम भएको हो । यसअघि वित्त आयोगको प्रारम्भिक मूल्याङ्कन नतिजामा पनि जिल्लामा सुर्योदय नगरपालिका नै प्रथम भएको थियो । यस्तै ७२.०६ अङ्क प्राप्त गरेर इलाम नगरपालिका दोस्रो भएको छ। स्थानिय सरकारले कार्य सम्पादन गर्न प्रयोग गरिएका १७ वटा सुचकहरु र तिनै सुचकको प्राप्त बिवरण का आधारमा तयार पारिएको प्राप्तङ्क अनुसार छ वटा सुचकमा सुन्य अंक प्राप्त गरेता पनि सुर्योदय प्रथम भएको छ भनें इलाम नगरपालिका एउटा मात्रै सुचक “आर्थीक वर्ष ०८१/८२ मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात” शिर्षक मा मात्रै सुन्य अंक प्राप्त गरेता पनि जिल्लाको दोश्रो स्थानिय तह मा परेको छ ।
त्यस्तै प्रारम्भिक नतिजा भन्दा सुन्य दसमलब १ प्रतिशत ले कम अंक प्राप्त गर्दै सन्दकपुर गाउपालिका तेश्रो भएको छ । सन्दकपुर ले प्रारम्भिक नतिजा मा ७०.५६ अंक प्राप्त गरेको थियो भनें अन्तिम नतिजा मा ७०.५५ अंक पाएको छ । त्यसै गरी ६५.३३ अंक प्राप्त गरेर देउमाइ नगरपालिका चौथो र ५५.८१ अंक सहित माइ नगरपालिका पाचौ भएको छ ।
त्यसै गरी आयोगको अन्तिम नतिजा अनुसार ५५.४३ अंक सहित रोङ गाउपालिका छैटौ ५५.३४ अंक सहित चुलाचुली गाउपालिका सातौ, ५१.४४ अंक प्राप्त गर्दै माइजोगमाइ गाउपालिका आठौ, ४८.८८ अंक प्राप्त गर्दै फाकफोकथुम गाउपालिका नवौ र ४६.३१ अक प्राप्त गरेर माङसेबुङ गाउपालिका दसौ अर्थात अन्तिम भएको छ ।
प्रदेश सरकार तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधिअनुसार विभिन्न १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नतिजा प्रकाशन गर्ने गरेको छ । आयोगले गत माघ २९ गते प्रारम्भिक नतिजा प्रकाशित गर्दै पुनरावलोकनका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई समय दिएको थियो ।
कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजा भने आयोगले यही बुधबार सार्वजनिक गरेको हो । यता प्रदेश तथा स्थानीय तहले प्राप्त गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान बजेट उपलब्ध गराउने गर्दछ ।
