देवी प्र पौडेल, इलाम टाइम्स चुलाचुली/इलाम को चुलाचुली गाँउपालिका वडा नं. ५ स्थित श्री भानु माध्यमिक बिध्यालयमा अध्यनरत २ सय १९ जना छात्राछात्र हरुलाइ हिजो माघ ९ गते एक विशेष कार्यक्रम आयोजना गर्दै न्यानो कपडा बितरण गरिएको छ ।

भानु माध्यमिक बिध्यालय को दिवा खाजा ब्यवस्थापन समितिको आयोजना रहेको न्यानो कपडा बितरण कार्यक्रम को प्रमुख अतिथी गाउपालिका अध्यक्ष श्री राजेन्द्र केरुङ्ग हुनुहुन्थ्यो । सो कार्यक्रम म चुलाचुली गाउपालिका वडा नं . ५ का वडाध्यक्ष श्री बबिन राई ,गाँउपालिका को शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री राम मिश्र,लगायत स्थानिय बुद्धिजिवी शिक्षाप्रेमी साथै बिध्यालय ब्यवस्थापन समिती का पदाधिकारी हरुको समेत उपाथिती रहेको थियो ।

जाडो याम भएकाले दिनदिनै चिसो बढदै गएका कारण बिध्यार्थी हरु बिध्यालय आउदा पर्याप्त न्यानो कपडा अभाबका कारण दैनिक बालबालिका हरु बिरामी हुने भएकाले बिध्यार्थीहरु को समस्या बुझेर मनकारी दाताहरु को खोजी गरि यो कपडा बितरण कार्यक्रम गर्न बिध्यालय परिवार सफल भएको बताउनु हुन्छ बिध्यालय का शिक्षक प्रकाश शर्मा ।

यात्रा होलिडे प्रा. लि. दमकका सन्चालक टीका खरेल,किशोर रिजाल, शोभा दुलाल तथा संयुक्त राज्य अमेरिका मा रहदै आउनु भएकी सेजल एण्ड सिस्टर को आर्थिक सहायता बाट ४५ थान स्वेटर र१ सय ७४ थान ट्र्याक सुट बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कक्षा १ देखि ८ कक्षा सम्मका छात्राछात्र हरु लाई लक्षित गरि बितरण गरिएको उक्त कार्यले मसिना बालबालिका र अभिभावक समेत हर्सित भएको पाइएको छ ।

कक्षा १ देखि कशा १० सम्म पढाइ हुने यस भानु माध्यमिक बिध्यालयमा जम्मा ३ सय १० जना छात्राछात्र रहेका छन भनें २२ जना शिक्षक कर्मचारी रहनु भएको छ ।

चुलाचुली ५ नं. वडा मा रहेको श्री भानु माध्यमिक बिध्यालय ले यश बर्ष को पौष मा आफ्नो स्वर्ण महोत्सब मनाउनका लागि स्वर्ण स्तम्भ तयार गरिएता पनि बिध्यालय ब्यवस्थापन समितिको फितलो ब्यवस्थापन र बिध्यालय प्रशासनको कमजोरी का कारण खर्चगरेर तयार गरिएक स्वर्ण स्तम्भ पुरानो हुँदै ग ई रहेको र यसरी स्वर्ण महोत्सब मनाउने तयारी सुरु गरेर सम्पन्न गर्न नसक्दा यस बिध्यालय प्रती समाज ले हेर्ने नजर धमिलिने बताउछन स्थानिय समजसेवी तथा शिक्षाप्रेमी हरु ।

Facebook Comments Box