देवेन्द्र पौडेल/ इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ निवासी प्रमिला लिम्बु लाई यती खेर अचार बनाएर अर्डर पुर्याउन भ्याइ नभ्याइ छ । २ सन्तान कि आमा पर्मिला सामान्य खेती किसानी गरेर गाउमै बस्छिन । आधुनिक चेत भएकी पर्मिला समाजमा केहि गरेर उदाहरणिय मान्छे बनौ महिलाहरु परिवार मै मात्रै सिमित हुनुहुन्न, परिवार चलाउदै समाजका लागी पनि केहि गर्नु पर्छ भन्ने सोच राख्ने उनलाई गाउघर मा महिला सचेतना,जागरण र सशक्तिकरण का बिभिन्न कृयाकलाप साथै मेलापात अर्मपर्म र अन्य सामाजिक काममा प्राय सधै नै भेटिने गरिन्छ ।
नेपाल सरकार उध्योग बाणिज्य तथा आपुर्ती मन्त्रालय अन्तरगत सन्चालन हुँदै आएको सुक्ष्म उद्धम बिकास कार्यक्रम (मेडपा) ले गत बर्ष चुलचुली वडा नम्बर ४ का स्थानिय महिलाहरुलाई आयआर्जन मा जोडन का लागी अचार बनाउने तालिम सन्चालन गरेको थियो । सो तालिम मा सहभागी भएकी पर्मिला लाई गत कात्तिक मा पुन: चुलाचुली गाउपालिका र मेडपा को सहकार्यमा सन्चालित एडभान्स लेवलको एक हप्ते अचार बनाउने तालिमले पुर्ण रुपमा अहिले ब्यावसायी बनाएको छ ।
उनको आट,साहस,जाँगर लाई स्थानिय होमा पौडेल,सबिता राइ तथा इश्वरा लिम्बुले साथ दिएर अहिले ४ महिलाले झण्डै ३० हजार रुपैयाको संयुक्त लगानीमा सुरु गरेको अचार ब्यावसायले निक्कै राम्रो बजार लिएको छ ।
स्थानिय उत्पादनहरु गाँजर,मुला,बन्दा,काउली,लप्सीको साथै चिकेन,बफ तथा पोर्कको किमाको समेत अचार बनाउने ति महिलाहरु अहिले आफ्नै घरायसि श्रोत साधनहरुको प्रयोग गर्दै बिभिन्न प्रकारका अचार बनाउदै बिक्री बितरण समेत गरिरहेका छन । सुरुवाती दिनमा आफुहरु सँग त्यती धेरै शिप नभएता पनि मेहनेत गरेर बनएको अचार आफन्त साथिभाइ छर छिमेकी हरुले मनपराइ दिनु भएको र आगामी दिनमा थप गुण स्तरिय अचार उत्पादन गर्ने वहाँको भनाइ रहेको छ ।
स्थानिय सरकारको पहलमा सन्चालन गरिएका यस्ता सिपमुलक तालिम हरुले चुलाचुली का धेरै नागरिक हरुलाई प्रत्यक्ष आयआर्जन मा जोडेको छ । सिलाई बुनाइ,बारिष्ठा,धुप बनाउने,दुनाटपरा बनाउने जस्ता शिपमुलक तालिमले स्थानिय लाई सोझै रोजगारी सृजना गर्ने भएकाले खास गरी स्थानिय तहमा बजेट तर्जुमा तथा योजना निर्माणका समयमा पुल पुलेसा बाटाघाटा तथा कल्भर्ट निर्माणका योजना लाई संघ तथा प्रदेश तर्फ जिम्मा लगाएर स्थानिय तह का अधिकतम बजेटका योजना हरुमा गरिवी निवारण,आयआर्जन सृजना गर्ने खाले तालिम गोष्ठी का साथै स्थानिय श्रोत साधनको प्रयोग गर्दै स्वरोजगार बन्न सक्ने खाले योजना हरु बनाउन सके स्थानिय सरकार जनमुखी सरकार बन्नेमा दुइ मत देखिन्न ।

Facebook Comments Box