मनुशा पौडेल इलाम/प्रतीनिधी सभा सदस्य को निर्वाचन नजिकीए सँगै दुइवटा निर्वाचन क्षेत्र रहेको इलाम को निर्वाचन क्षेत्र नम्बर दुइमा निर्वाचन माहोल तातिएको छ । १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा संगठन,अनुभब र नयाँ अनुहार बिच प्रतिस्पर्धा हुने देखिएको छ ।
सो निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेपाली काँग्रेस बिच मुख्य प्रतिस्पर्धा केन्दृत छ भने रास्वपा,श्रम सस्कृती पार्टी,नेकपा लगायत का पार्टिहरु परम्परागत राजनितिक दल हरुलाई धक्का दिने गरी चुनावी अभियानमा छन । अहिले सबै पार्टीहरु घरदैलो,टोल सभा तथा सामाजिक सन्जाल मार्फत उम्मेद्वारहरु मतदाता भेटघाट मा ब्यस्त रहेका छन ।
नेकपा एमाले ले बिगत ४० वर्ष देखी आफ्नो लालकिल्ला जस्तै बनाएर राखेको इलाम २ मा यस पटक सुहाङ्ग नेम्वाङ्ग दोश्रो कार्यकाल का लागी चुनावी मैदान मा रहनुभएको छ । २०८१ बैसाख १५ गते सम्पन्न उपनिर्वाचन मा इलाम २ बाट तत्कालिन नेकपा माओबादी केन्द्र को साथ मा २७ हजार ७ सय ७२ मत भार सहित वहाँ बिजयि बन्नु भएको थियो । नेपाली काँग्रेस का डम्मर बहादुर खडका लाई ५ हजार बढी मतले पराजित गर्दै बिजयि हुनु भएका नेम्वाङ सांगठनिक हिसाबले नेकपा एमाले इलाम २ मा निक्कै बलियो हुनुको मुख्य कारण आन्तरिक एकता बलियो भएको बताउछन एमाले नेताहरु ।

सो क्षेत्रमा नेपाली काँग्रेसले भेषराज आचार्यलाई उम्मेद्वार बनाएको छ । नितिगत तथा प्रशासनिक क्षेत्रमा अब्बल मानिएका आचार्य बिगतमा पनि सोही क्षेत्रबाट उम्मेद्वार बनी सक्नु भएको छ । कार्यकारी पदमा नपुगेता पनि इलाम २ मा सन्चालन मा रहेका तथा सम्पन्न भएका बिभिन्न गौरबका आयोजनाहरु कार्यान्वयन का लागी वहाँको योगदान रहेको पाइएको छ । निष्ठावान र बौद्धिक उम्मेद्वारका रुपमा चिनिने भेषराज आचार्य लाई यसपटक बिजयि गराउन नेपाली काँग्रेस इलाममा संगठित रुपमा एक भएर लागी परेको पाइएको छ ।
निवर्तमान इलाम २ का संघिय सांसद सुहाङ नेम्वाङ का पिता सुवास नेम्वाङ सँग २०७४ सालमा पराजित हुनु भएका आचार्य यसपटक भने व्यक्तिगत लोकप्रियता,संगठन र काँग्रेस भित्रको एकतालाई आधार बनाएर मतदाता हरु माझ पुगिरहनु भएको छ ।
धरान उपमहानगर पालिकाका पुर्व मेयर नेतृत्वको श्रम सस्कृती पार्टीले इलाम २ मा सुदिप राइ लाई उम्मेद्वार बनाएको छ । वाक कौसल,युवा र बौद्धिक उम्मेद्वार का रुपमा राइ लाई स्थानिय मतदाता हरुले लिएका छन । श्रम लाई केन्द्र बिन्दुमा राखेर चुनावी मैदानमा उत्रीएका राइले पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने बिश्वास गर्नु भएको छ ।
त्यसैगरी अहिले बैकल्पिक शक्तीका रुपमा देसभरी बाट उदाइ रहेको रास्वपा ले पर्या-पर्यटन र बनजंगल तथा वातावरण मा बिज्ञता हासिल गर्नुभएका गोकुल बहादुर राइ लाई उम्मेद्वार बनाएको छ । सांगठानिक हिसाबले भने कमजोर मानिएको रास्वपा आफ्नो पक्षमा साइलेन्ट भोट प्रसस्तै रहेको र यही साइलेन्ट मतभारले आफ्नो उम्मेवारको जित हुने रास्वपाका नेता हरुको भनाइ छ ।
यता नेकपा ले लामो राजनितिक अनुभब भएका पुर्व माओबादी लडाकु समेत रहेका ओम बहादुर गुरुङ लाई उम्मेद्वार बनाएको छ भने अन्य दलहरु संघिय लोकतान्तृक राष्टृय मन्च ,राष्टृय परिवर्तन पार्टी , मंगोल नेशनल अर्गनाइजेसन , राप्रपा, लगायत का १३ राजनितिक दलहरुले आ-आफ्ना उम्मेवार हरु लाई मैदानमा उतारेको छ भने १ जना स्वतन्त्र उम्मेद्वार सहित १३ पुरुष र १ महिला उम्मेद्वार बिच इलाम २ मा चुनावी भिडन्त हुने भएको छ ।

इलाम को निर्वाचन क्षेत्र नम्बर २ मा ६० हजार ९ सय ७५ हजार पुरुष तथा ५८ हजार ५ सय १२ महिला र अन्य २ गरी कुल १ लाख १९ हजार ४ सय ८९ जना मतदाता रहनु भएको छ । ३ नगरपालिका तथा ३ गाउपालिका का ४२ वटा वडा रहेको इलाम २ मा ७९ वटा मतदान स्थाल रहेका छन भनें १ सय ५२ वटा मतदान केन्द्र हरु रहेका छन ।
आगामी फागुन २१ गतेको निर्वाचन मा उम्मेद्वारहरु ले आ-आफ्नो एजेण्डा हरु मतादाता माझ राख्ने क्रम जारी रहेको , केहि बिश्लेसक हरुले बिगत को मतभारलाई बिश्लेसण को मुख्य आधार मानेर आ-आफ्नो धारणा बनाइ राख्दा बिगतको मत परिणाम मात्र निर्णायक नहुने ,उम्मेद्वारको व्यक्तिगत प्रभाब पार्टी एकता र मतादाता हरुको बदलिदो सोच निर्णायक बन्न सक्ने देखिन्छ ।

Facebook Comments Box