देवेन्द्र पौडेल,चुलाचुली/ लिम्बु समुदायको भाषा लिपि सस्कार संरक्षण र प्रवर्द्धन को मुख्य जिम्मेवारी पाएको किराँत याक्थुङ चुम्लुङ चुलाचुली गाउकार्यसमिती ले गाउपालिका भित्र रहेका विभिन्न वडाहरुमा आफ्नो वडा स्तरिय कार्यसमिति गठन प्रकृया अघाडी बढाएको छ ।

चुलाचुली गाउपालिका वडा नम्बर १ को सभा हलबाट उक्त कार्यको थालनी गर्दै हिजो जेठ २ गते किराँत याक्थुङ चुम्लुङ वडा नम्बर १ को दोश्रो अधिवेशन सम्पन्न गर्दै १४ सदसिय प्रारम्भिक वडा कार्यसमिती समेत चयन गरिएको हो । स्थानिय जेष्ठ नागरिक दल सम्शेर लावतिको अध्यक्षता मा सम्पन्न उक्त वडा अधिवेशनको प्रमुख अतिथी चुलाचुली गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण लावती हुनुहुन्थ्यो भनें विशिष्ट अतिथी हरुमा किरात याक्थुङ चुम्लुङ इलाम जिल्ला कार्यसमिति उपाध्यक्ष संगिता थलङ लिम्बू चुलाचुली गाउँ कार्यसमिती अध्यक्ष धनेन्द्र केरुङ हुनुहुन्थ्यो ।

कार्यक्रम को खुल्ला शत्रमा सुभकामना मन्तब्य राख्नुहुदै चुम्लुङ जिल्ला उपाध्यक्ष संगिता थलङ ले ढिलै भए पनि चुलाचुलिमा याक्थुम्बा समुदायहरु आफ्नो सस्कार सस्कृती र लिपि संरक्षण मा लाग्नुभएको मा खुसी ब्यक्त गर्नुभयो । वहाले थप्नुभयो चुम्लुङ केन्दृय समितिले ३७ औं तथा इलाम जिल्ला कार्यसमितिले नवौ अधिवेशन सम्पन्न गर्दा चुलाचुली गाउँ कार्यसमिती भनें दोश्रो अधिवेशन मात्रै गर्दैछ किन र के कारण ले किरात याक्थुङ चुम्लुङ चुलाचुली यति पछाडी पर्यो समिक्षा गर्न आवस्यक रहेको बताउनु भयो । त्यसै गरि कार्यक्रम का प्रमुख अतिथी वडा नम्बर १ का वडाध्यक्ष पुर्णकुमार लावती ले आदिवासी समुदायमा सबैभदा पुरानो र ठूलो समुदाय लिम्बू हरुको घनाबस्ती भएको १ नम्बर वडामा लिम्बुहरुकै छाता संगठनको अधिवेशनमा भएको कमजोर उपस्थितिले लिम्बुहरु आफ्नो भाषा लिपि सस्कार संरक्षण मा त्यति जागरुक नभएको देखिने बताउनुभयो ।

किराँत याक्थुङ चुम्लुङ चुलाचुली गाउकार्यसमिति का अध्यक्ष धनेन्द्र केरुङले दिएको जानकारी अनुसार लिम्बू समुदायलाइ जागरुक र एकताको सुत्रमा जोडलाइ लाई पालिका भित्र रहेका ६ वटै वडाहरुमा वडा कमिटी गठन गरिने र यसलाइ जेठ २ गते सुरु गरेर जेठ १२ गते सम्पन्न गर्ने बताउनु भयो ।

कार्यक्रमको बन्दशत्र ले पुगेन्द्र फागोको अध्यक्षता मा १४ सदसिय किरात याक्थुङ चुम्लुङ १ नम्बर वडा कार्यसमिती समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा सोम लिम्बू, सचिब दिलिप खजुम, सहसचिब बिकल लिङखिम, कोषाध्यक्ष रेनुका भुजेल लिम्बू र सदस्यहरुमा जीवन लिम्बू , मनमाया फागो,भुवानी प्रसाद फियाक,सरिता राई लावती, काजिमान फियाक,पुर्ण कुमार लावती, भिमा केरुङ,धनराज आङदेम्वे र समिना लिङदेन रहनु भएको छ ।

राष्टृय जनगणना २०७८ अनुसार इलाम जिल्लामा लिम्बू समुदायको जनसंख्या ४५ हजार ७ जना रहेको छ यो राई समुदाय पछि इलामको दोश्रो ठूलो समुदाय हो भनें याक्थुङ/ लिम्बुभाषा बोल्नेहरुको जनसंख्या ३८ हजार ३ सय २९ जना रहेको छ । यो इलाम जिल्लामा बोलिने भाषाहरु मध्ये नेपाली पछिको दोश्रो भाषा हो । चुलाचुली गाउपालिकामा रहेका २३ हजार १ सय ५७ जनसंख्या मध्ये ११ हजार ९ सय ९३ जनाले किराँत धर्म मान्ने गरेको तथ्याङ्क ले देखाएको छ ।

Facebook Comments Box