सबिन राई-
२२ असार, पेल्टिमारी। चुलाचुली गाउँ पालिकाका अध्यक्ष राजेन्द्र केरूङले आफ्नो कार्यकालमा विदेशको भ्रमण गर्दा पालिकाको खर्च नगर्ने कुरा बताएका छन्। कुनै पनि विदेश भ्रमण गर्दा राज्यको स्रोतको उपयोग गरेको पुष्टि भए आफूले पदबाट तत्काल राजिनामा गर्ने कुरा बताएका छन्।

आफू चुलाचुलीको जनताहरूको दुखमा मल्हम लाउन आएको बताउदै कार्यपालिकाबाट आफ्नो सवारी खरिद गर्न निर्णय गरेको रू एक करोड रकमले बिध्यालयलाई  रू ४० लाखको बस खरिद गरिदिएको साथै रू २५ लाखमा चुलाचुली जनताहरूको लागि एम्बुलेन्स खरिद प्रकृया अन्तिम चरणमा पुगेको साथै बाकी रकम चुलाचुली अस्पताल व्यावस्थापनमा खर्चिएको बताएका थिए। पालिकामा २ वटा सवारी साधनको आवश्यक्ता भए पनि तत्काललाई उक्त बजेटबाट जनताहरूले प्रतक्ष सरोकार राख्ने विषयहरूमा खर्चिएको बताएका थिए।

आफ्नो विदेश भ्रमणको बारेमा सामाजिक सन्जालहरूमा विभिन्न टीका टिप्पणीहरू भए पछि अध्यक्ष केरूङले उक्त कुराहरू बताएका हुन्। आफुहरू निजि खर्चमा भर्खर भारतको सिक्किम भ्रमण सकेर आएको पनि बताए।

चुलाचुली गाउँ पालिका वडा नं. ३ को कार्यालयमा आयोजित महिला हिंसा न्युनिकरण सचेतना मुलक कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्ने क्रममा अध्यक्ष केरूङले यो कुराहरू बताएका हुन्।

सहिद समिर चाम्लिङ राई स्मृति प्रतिष्ठान चुलाचुली ३ को आयोजनामा सन्चालित कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा चुलाचुली गाउँ पालिका उपाध्यक्ष दिल कुमारी योङहाङको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष योङहाङले हाम्रो परिवार, समाज, कार्यालय तथा हरेक स्थानहरूमा महिला हिंसा हुने गरेको बताउदै यस्ता कार्यक्रमले महिला हिंसा न्युनिकरण गर्न सहयोग पुग्ने बताएका छन्।

कार्यक्रममा चलाचुली ३ नम्बर वडाका वडाध्यक्ष प्रेम श्रेष्ठ लगायत वडाका सबै प्रतिनिधिहरू, टोल समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा चुलाचुली ३ को विभिन्न टोलका सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको थियो।

चुलाचुलीका मनोपरामर्शदाता मणी केरूङ र रन्जना ताजपुरिया सहजकर्ताको रूपमा रहेको कार्यक्रम वडा नं.३ को विभिन्न स्थानहरूमा ४ दिन सम्म सन्चालन हुने आयोजक संस्थाका प्रतिनिधि सन्तोष खालिङले बताएका छन्।

सहिद समीर चाम्लिङ राई को हुन?

सुन्दरसिं चाम्लिङ र रामकुमारी चाम्लिङको कोखबाट बि.स. २०४१ साल कार्तिक १५ गते चुलाचुली-३ को चाम्लिङ टोलमा जन्मेका देउकुमार राई नै (क. समीर) हुन्। तत्कालिन राज्य व्यावस्थाको विरोधमा २०६० सालमा नेकपा माओवादी पार्टीको सदस्य बनी जनताको सेवामा खट्ने क्रममा २०६२ सालमा साविक साकफारा गा.वि.स. तथा हालको चुलाचुली ६ मा नेपाली सेनाको कारवाहीमा सहादत प्राप्त गरेका थिए।

Facebook Comments Box