वडामै थाप्छन बृद्धबृद्धा ले भत्ता

देवेन्द्र पौडेल\ इलाम टाइम्स पेल्टिमारी,इलाम को चुलाचुली गाउपालिकामा सामाजिक सुरक्षा भत्ता वडा कार्यलय बाट नै बितरण गर्ने गरिन्छ ।
गत बर्ष स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै चुलाचुली गाउ पालिका ले नयाँ जना प्रतीनिधि पाएको हो । नयाँ जनप्रतिनिधी त देशै भरिका सम्पुर्ण स्थानिय तहहरुले पाए तर चुलाचुली का बृद्धबृद्धा , एकल महिला, अपाङ्ग , असक्त्त हरुले आफ्नै वडाको वडा कार्यलय बाट सामाजिक सुरक्षा भत्ता पनि पाउन थाले । चुलाचुली गाउ पालिकामा रहेका ६ वटा वडाहरुका लागी ८ वटा बितरण केन्द्र बनाइ एन. एम. बि. बैक चुलाचुली शाखाको सहयोगमा आर्थीक वर्ष २०७९|८० को अन्तिम चौमाशिक किस्ताको रकम गत श्रावण १४ गते बाट बितरण सुरु गरिएको हो । जेष्ठ नागरिक , जेष्ठ नागरिक दलित , जेष्ठ नागरिक एकल महिला , बिधवा , अपाङ्ग क बर्ग ख बर्ग , तथा दलित बालबालिका गरी ७ प्रकारको सामाजिक सुरक्षा भत्ता बितरण गरिने चुलाचुली गाउपालिका मा यो अन्तिम चौमासिक किस्ता मा २२ सय ८९ जना लाभग्राहीहरु लाई २ करोड २९ लाख ७६ हजार ९ सय ८० रुपैया बितरण गरिदैछ ।

सामाजिक सुरक्षा भत्ता लिन बैक नै पुग्नु पर्ने र सम्बन्धित ब्यक्ती नै जानु पर्ने प्रावधान रहेका कारण लाभग्राही हरुको समस्यालाई बुझेर वडा बाटै बितरण सुरु गरिएको बताउछन स्थानिय जन प्रतीनिधी हरु । गत श्रावण १४ गते वडा नं १ मा रहेका ५१७ जना लाभग्राही हरु मध्य ४ सय जना ले वडा बाटै भत्ता बुझेका छन भनें १ नं वडा मा ५२ लाख ७४ हजार ५ सय रुपैया सामाजिक सुरक्षा बापतको रकम रहेको छ । त्यसतै २ नं वडा मा रहेका ४०५ जना लाभग्राही हरु मध्य २३० जना ले वडा बाटै बुझेका छन भनें ४१ लाख ७२ हजार ६८ रुपैया बजेट रहेको छ । त्यस्तै ३ नं वडा मा ४१७ जनाका लागी ४२ लाख ६८ हजार ५ सय ५२ रुपैया बिनियोजन भएको छ । त्यसै नै चुलाचुली वडा नं ४ मा २६६ जना लाभग्राहिका लागी २५ लाख ८८ हजार ८ सय ९३ रुपैया बितरण गरिदै छ । त्यसै गरी ५ नं वडा मा २९६ जनालाई २८ लाख १२ हजार्७ सय ३१ रुपैया बितरण गरिनेछ भनें ६ नं वडामा ३८८ जना लाभ ग्राही हरुलाई ३८ लाख ५६ हजार्२ सय ३६ रुपैया बितरण गरिनेछ ।

यसरि सरकार मार्फत गाउपालिका लाई आएको रकम सम्बन्धित ब्यक्ती कै हातमा पुगोस भनेर बैकिङ्ग प्रणाली मार्फत बितरण गर्नुपर्ने निती ल्याएको र त्यसलाई थप प्रभाबकारी बनाउन वडा बाट बितरण गर्ने चुलाचुली गाउपालिका ले वडा सम्म पनि आउन नसक्ने लाभग्राही हरुका लागी सुरुका दिनमा घर घर मै पुर्याउने गरेता पनि हाल वडामा आउन नसक्ने लाभ ग्राही को हकमा वडा को सिफारिस मार्फत हकवाला अथवा परिवारको सदस्य लाई रकम भुक्त्तानी दिने गरेको छ । चुलाचुली गाउपालिका लाभग्राही हरु दलित बालबालिका मा १०८ जना , अपाङ्ग क बर्ग को ४४ जना ख बर्ग को १८७ जना , बिधवा २४७ जना ,जेष्ठ नागरिक एकल महिला १७५ जना , जेष्ठ नागरिक दलित ८९ जना जेष्ठ नागरिक अन्य १४३१ गरी कुल २२८९ जना लाभग्राही रहेको चुलाचुली गाउपालिका का कर्मचारी प्रबिन परियार ले बताउनु भयो ।