मिस एण्ड मिसेस २०२६ को ताज इलामकी बिपिशा लाइ
मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२६ को फाइनल मिस तर्फ चुलाचुली इलामकी बिपिशा भट्टराई र मिसेस तर्फ रोजी श्रेष्ठ बिजयी भएका छन् । उनीहरुले बिजेता भएसँगै नगद ५० हजारको साथमा बिभिन्न उपहार प्राप्त गरेका थिए । समारी इन्टरनेशलले आयोजना गरेको मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२६ शनिबार साँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको थियो । सामरी इन्टरनेशनल इभेन्टस् प्रालिले आयोजना रहेको प्रतियोगितामा ‘मिस’ तर्फ नुमा फुङ सुब्बा फस्ट रनरअप र ‘मिसेस’ तर्फ कल्पना प्रसाई (कामना) फस्ट रनरअप, सरिता राई सेकेण्ड रनरअप, गम्भीर गंगा थर्ड रनरअप तथा गीता देवी अर्याल फोर्थ रनरअप घोषित भए । प्रतियोगिताको शीर्ष प्रायोजक बिहे सेवा रहेको थियो ।
प्रतियोगितामा विधागत तर्फ कल्पना राई ‘पब्लिक च्वाइस विनर’, तीर्थाकुमारी मगर ‘भ्युवर च्वाइस विनर’ र हिमाकुमारी राजवंशी ‘मेनेजमेन्ट च्वाइस अवार्ड विनर’ भए । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि राधा न्यौपाने ढकाललाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ तथा दुर्गादेवी थापालाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’को उपाधि प्रदान गरिएको थियो।
उक्त प्रतियोगिताको मिस तर्फको उपाधी बिजेता बनेकी बिपिसा अध्यानका लागि राजधानी बस्तै आएकी हुन। कलिलो उमेरमा कडा मेहनेत र सँघर्ष का बिच प्राप्त यो उपाधी ले सिङ्गो इलामको नाम रोशन गर्नुभएको मा बिपिशा लाई हार्दिक बधाइ एवं थप सफलता को सुभकामना ।
