फेसबुक पोस्ट नदेखेर अर्कै कार्यक्रममा गएपछि हर्क साम्पाङले विघटन गरिदिए पार्टीको ‘क्यूआर टिम’
एक साता यता खाना पकाउने ग्यास अभाव भएपछि इलाम सदरमुकामसहित उत्तरी इलामका उपभोक्ता समस्यामा परेका छन् । ग्यास अभाव हुँदा इलाम सदरमुकाममा कोठा भाडा गरेर बस्दैआएका विद्यार्थीसहित सर्वसाधारण समस्यामा परेका छन् ।
मेची राजमार्गको माइखोला राजदुवालीमा सडक अवरुद्ध भएपछि करिब एक महिना यता इलाममा ग्यास अभाव हुँदै आएको उपभोक्ताको भनाइ छ । वैकल्पिक सडकबाट साना सवारीमा ग्यास आयात गरिएको भए पनि एक साता यता भने इलाममा ग्यास नआएको ग्यास बिक्रेताले बताएका छन् ।
‘अस्तिकै हप्ता खाली सिलिन्डर पसलमा बुझाएको छ, १५ दिन भइसक्यो अझै ग्यास छैन । हामी पढ्ने विद्यार्थीले होटलमा दैनिक खाना खान पनि सकिंदैन, अब के गर्ने होला ?’ सदरमुकाम बसेर पढ्ने सुमन तामाङले भन्नुुभयो, ‘अब घर जानुुको विकल्प भएन ।’
ग्यास अभावसँगै सदरमुकाममा पाइने तरकारी र फलफूल पनि महंङ्गो भएको छ । अहिले आलुु प्रतिकिलो ८० रुपियाँ, गोलभेडा प्रतिकिलो ८० रुपियाँ, प्याज प्रतिकिलो ९० रुपियाँ, भिन्डी प्रतिकिलो १६० रुपियाँ, करेला प्रतिकिलो ८० रुपियाँ छ । यस्तै आँप प्रतिकलो दुईसय ५०, स्याउ प्रतिकिलो ३२०, केरा दर्जनको १२० देखि १५० पर्न थालेको उपभोक्ताले बताएका छन् ।
सदरमुकाम जाने मुख्य मेची राजमार्ग एक महिना यता बन्द छ । वैकल्पिक सडकहरु पनि पानी पर्नासाथ बन्द हुनेगरेका छन् । सबैजसो सडक बन्द हुँदा गाउँबाट आउने तरकारी पनि कम आउने गरेको बिक्रेताको भनाइ छ ।
बिहीबार र आइतबार इलाम बजारमा हटिया लाग्ने भए पनि आइतबारको सार्वजनिक विदाले आइतबार हाट लाग्न कम भएको र गाउँबाट पर्याप्त तरकारी आउनै छाडेको बताइएको छ । बिहीबार आएको तरकारी अपुुग भएका कारण मूल्य पनि बढेको बताइएको छ ।
सदरमुकामसहित विल्याँटे, पुवाखोला, नेपालटार लगायत बजारमा अन्य दैनिक उपभोग्य वस्तुुको मूल्य बढेको छ । चामलमा प्रतिबोरा एकसय ५० देखि दुुईसय रुपियाँ बढेको छ । सूूर्यमुुखी खाने तेल प्रतिलिटर तीनसय पुुगेको छ । यस्तै, अन्य प्रायः सबैजसो उपभोग्य वस्तुुको मूल्य बढेको स्थानीय बिक्रेताले बताएका छन् । चाम्लिङका अनुसार अध्यक्षका सयौं पोस्ट हुने भएकाले बिरुवा रोप्ने सम्बन्धी साम्पाङको उक्त स्टाटस उनको नजरमा परेन । फलस्वरूप, बिरुवा रोप्ने कार्यक्रममा क्यूआर टिम उपस्थित हुन सकेन र उनीहरू पिण्डेश्वरी मन्दिर पुगे । यसलाई अध्यक्ष साम्पाङले ‘निर्देशन विपरीत’ गएको र ‘गुटबन्दी’ गरेको रूपमा लिए र १८ साउनको दिउँसो १२ बजे ज्येष्ठ नागरिक पार्कमा कार्यक्रम आह्वान गर्दै फेसबुक मार्फत् क्यूआर टिम विघटनको घोषणा गरिदिए ।
अध्यक्ष साम्पाङले क्यूआर टिम विघटन गरी त्यसको सट्टा श्रम संस्कृति सुरक्षा विभाग गठन गर्ने प्रक्रिया सुरु भएको जानकारी पनि फेसबुकमार्फत नै गराएका छन् । उनले ‘निर्देशन नमान्नेहरूलाई पार्टीबाट निलम्बन र निष्कासन गरिने’ चेतावनी समेत दिएका छन् । साम्पाङले आफ्नो हरेक कदमको पछाडि गम्भीर र गहिरो कारण हुने दाबी समेत गरेका छन् ।
अध्यक्षको यो कदमप्रति क्यूआर टिमले कडा आपत्ति जनाएको छ । संयोजक ज्ञानु चाम्लिङ सहित ३४ जना सदस्यहरूले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष साम्पाङको निर्णयलाई ‘विधान विपरीत र अलोकतान्त्रिक’ भनिएको छ । चाम्लिङले आफूहरूले पार्टी र श्रम संस्कृतिको लागि १५ जोर जुत्ता फाट्ने गरी र आफ्नै खर्चमा सङ्गठन विस्तारमा खटिएको बताउँदै अध्यक्षले एक कल फोन समेत नगरी फेसबुककै भरमा टिम विघटन गर्नु दुःखद भएको बताएका छन् ।
चाम्लिङले सामाजिक सञ्जालमा साम्पाङलाई ‘जङ्गे’ बन्न खोजेको र ‘काम लाग्यो भाँडो, नलागे ठाँडो’ गरेको आरोप समेत लगाएका छन् । उनले पार्टी विधि र विधानमा चल्नुपर्ने र अध्यक्षको एकल निर्णयले भोलि उनी प्रधानमन्त्री हुने लक्ष्यमा बाधा पुग्न सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।
विवाद चर्किएपछि अध्यक्ष साम्पाङले मङ्गलबार चाम्लिङलाई सहयोगका लागि धन्यवाद दिँदै रचनात्मक सोच राख्न सुझाव दिएका छन् । उता, संयोजक चाम्लिङले पनि पार्टी र नेतृत्वलाई बचाउनका लागि तथा शुभेच्छुकहरूको अनुरोधमा हाललाई यो विषयलाई स्थगित गरेको र पार्टी विधि अनुसार चल्ने आशा व्यक्त गर्दै साथीहरूलाई काममा फर्कन अनुरोध गरेका छन् ।
